सिमलटारमा खेलमैदान निर्माण सुरु
गुगलपाटी संवाददाताहेटौंडा उपमहानगरपालिका ११ मा खेलमैदान निर्माण कार्य सुरु भएको छ । २ विगाह ७ कट्ठा जमिनलाई सम्याएर खेल मैदान निर्माण गर्न थालिएको हो ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ को वडा कार्यलको २ लाख ३४ हजार रुपैया बराबरको आर्थिक सहयोगमा खेलमैदानको निर्माण कार्य सुरु गरिएको सिमलटार युवा क्लबका अध्यक्ष तथा सिमलटार टोल विकास संस्थाका सचिव पेमा दोर्जे घिसिङ्ले बताए ।
सिमलटार टोल विकास संस्था र सिमलटार युवा क्लवको आयोजनामा खेलमैदानको निर्माण गरिने भएको नेकपा वडा नम्बर ११ का वडा सदस्य कालुराम दर्लामी मगरले जानकारी दिए ।