राक्सिराङको ५९ करोड बजेट
गुगलपाटी संवाददाताराक्सिराङ गाउँपालिकाद्धारा ५९ करोड ७५ लाख ७ हजारको अनुमानित बजेट पेश गरेको छ। पाँचौं गाउँसभामा अनुमानित बजेट पेश गर्दै वार्षिक नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको छ। पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउपालिकाले ५१ करोड बराबरको प्रस्तावित बजेट सार्वजनिक गरेको छ। गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष निर्मला हिमडुङ्गले ५१ करोड १५ लाख २० हजार बराबरको प्रस्तावित बजेट सार्वजनिक गरेकी हुन। बजेटले गाउँपालिकाको आन्तरिक राजस्व आम्दानी ३ करोड ३२ लाख हुने अनुमान गरेको छ भने चालु बर्षको ३ करोड मौज्दात रहने जनाएको छ। नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने बजेट सहित गाउपालिकाले प्रस्तावित बजेट प्रस्तुत गरेका हुन। गाउँपालिकाले अगामी बर्ष चालु खर्च तर्फ २९ करोड ९२ लाख र पुजीँगत खर्चतर्फ २१ करोड ३८ लाख खर्च हुने अनुमान गरेको छ।