नेपालमा थप एक जनाको मृत्यु

गुगलपाटी संवाददाता
१३ असार २०७७ ०८:०७

भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्वर ७ का ५० बर्षीय उनको आज विहान ६ः ३० बजे मृत्यु भएको हो ।

नेपालमा यससंगै संक्रमणकै कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

अस्पतालले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था हिजो शुक्रबारदेखि जटिल बन्दै गएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो ।

अस्पतालका अनुसार उनी फोक्सोको क्यान्सरका विरामी थिए ।