सुनौलो भविष्य पोलिक्लिनिकले ४ सय ९६ गर्भवतिलाई सेवा प्रदान
गुगलपाटी संवाददाताकुमारी स्याङ्बो
हेटौंडाः मकवानपुरको सुनौलो भविष्य पोलिक्लिनिकले लकडाउन अवधिमा ४ सय ९६ जना गर्भवति महिलाहरुलाई सेवा प्रदान गरेका छन् । जसमध्ये भिडियो एक्स रे सम्बन्धि २ सय ८९ जना गर्भवती महिलाहरु रहेको सुनौलो भविष्य पोलिक्लिनिकका सञ्चालक सन्जिव आले मगरले जानकारी दिए ।
लकडाउनको अवधिमा गर्भवति महिलाहरु जचाँउन आउनेको संख्या कम छैन । असार १ गतेबाट पहिलाको जति कै गर्भवति महिलाहरु जचाँउन आउने गर्दछन् । टाढा टाढाका गर्भवति महिलाहरु हिँडेर भएपनि जचाँउन आउने गरेको देखिन्छ । लकडाउनको कारण गर्भवति महिलाहरुलाई जचाँउन आउन समस्या परेको सञ्चालक मगरले बताए । सबैभन्दा धेरै समय नागेको गर्भवति महिला जचाँउन आउने गरेको उनले भने ।
चालु आर्थिक वर्षको चैत्र महिनामा सुनौलो भविष्य पोलिक्लिनिकमा ४० जना गर्भवति महिला जचाँउन आएको सञ्चालक मगरले बताए । त्यस्तै गत वैशाख महिनामा १ सय १७ जना र जेष्ठ महिनामा १ सय ३३ जना गर्भवति महिला जचाँउन आएको उनले बताए ।
यसैगरि गत चैत्र महिनामा ४० जना गर्भवति महिला भिडियो एक्स रे गर्न आएको सञ्चालक मगरले बताए । बैशाख महिनामा १ सय १७ जना र जेष्ठ महिनामा १ सय ३३ जना महिला भिडियो एक्स रे गर्न आएको उनले भने ।
गर्भवति महिला नेत्रकुमारी महत्व हेटौंडा ९ लाम्सुरेबाट अटोमा आएको बताइन् । उनि घण्टौ सम्म अटो कुरेर जचाँउन आएका हुन् । घण्टौ अटो कुरे पनि भाडा महङ्गो लिने गरेको उनको भनाई छ । गर्भवति महिलाहरु जचाँउन आउँदा कोरोना लाग्ने डर धेरै रहेको उनले बताइन् ।
मनहरी गाउँपालिका वडा नम्बर २ का बिमला घलान ट्रकमा चढेर जचाँउन आएका हुन् । उनि ९ महिना पुगेको गर्भवति रहेछिन् । लकडाउनले गर्दा उनको जचाँउन समय नाघेको बताइन् । मनहरी प्रहरी चौकीमा गाडी रोक्न लगाएर हेटौंडा सम्म आइपुगेको उनको गुनासो छ । उनका श्रीमान गाडी चलाउने काम गर्दछ । कोरोना भाइरस विशेष गरि गर्भवति महिलाहरुलाई लाग्न सक्ने सम्भावना बढि रहेको घलानको भनाई छ । डर र त्रासमा रहि जचाँउन आएको उनले भनिन् । पहिला भिडभाढ बढि हुन्थ्यो भने अहिले कम रहेको बताइन् । जचाँउनको लागि धेरै समयसम्म कुर्नु नपर्ने उनको भनाई छ ।
त्यस्तै राक्सिराङ गाउँपालिका वडा नम्बर २ का उर्मिला तामाङ घरबाट मेनरोड सम्म पैदल यात्रु गरि आएको बताइन् । राक्सिराङमा बर्ख लागेपछि बगरको बाटोमा गाडी गुड्दैनन् । मेनरोड आइपुगे तर रोडमा गाडी छैन । उनलाई झन् अप्ठेरो परे । रोडमा गाडी गुँडेपनि गाडी भने रोक्न मान्दैनन् । खाद्यान्न बोक्ने मनकारीले डा«इभरले गाडी रोक्यो र उनलाई हेटौंडा सम्म ल्याईदिएको तामाङले भनिन् । उनको पनि जचाँउन आउने समय नागेको रहेछ । उनी ६ महिनाको गर्भवति हुन् । लकडाउनले गर्भवति महिलाहरुलाई धेरै असर पारिरहेका छन् । बजार आउँदा कोरोना लाग्ने डर रहेको उनले भनिन् ।