राक्सिराङ स्थित परेवाभिरबाट वर्खयाममा यात्रा गर्न समस्या

गुगलपाटी संवाददाता
१४ असार २०७७ ०७:१६

मकवानपुरः राक्सिराङ स्थित परेवाभिरमा बर्खमा मान्छे हिँड्न समस्या पर्छ । त्यँहाका बासिन्दा वैदल यात्री गरेर आवाजजावत गर्छन् । लामो समय जनयुद्धमा सहभागी कमाण्डर ओमबहादुर ग्लान (प्रदीप) यतिखेर बागमती प्रदेश सभा सदस्य पनि हुनुहुन्छ ।

युद्धको राम्रै अनुभव बोकेका ग्लान पश्चिम मकवानपुरको विकास र समृद्धिमा एउटा भिजनसहित अघि सर्नु भएको छ । तर, उहाँसहित टिमको एउटा सपनामाथि बागमती प्रदेश सरकारले २०७७ साल असार १ गते संसद सचिवालयमा पेस गरेको बजेट बक्तब्यमार्फत कुठाराघात भएको छ । सपनामाथि कुठाराघात मात्रै भएको छैन, सपनाका कैयौँ पात्रहरुमाथि अन्याय पनि गरिएको छ ।

परेवाभीरमा पुगेर सडक बनाउन बजेट नपुगेकोबारे गुनासो व्यक्त गर्दै बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लान र राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल ।
परेवाभीरः राष्ट्रिय मिडियाहरुमा समेत चासो व्यक्त एउटा भीर । पूर्व पश्चिम राजमार्गको मनहरी बजारबाट ८ किलोमिटर उत्तरपश्चिममा रहेको भीर । यही खण्ड भएर मनहरीदेखि धादिङ जोड्ने बाटो क्रमशः निर्माण भइरहेको छ । यो त्यही भीर हो, जहाँ भीरमुनिको मनहरी खोलाको जङ्घार तर्न नसकेर खोलामा बगेर मानिसहरु मर्छन् वा खोला तर्ने पिरलोले भीरको बाटो भएर यात्रा गर्दा भीरबाट लडेर मर्छन् । यो पिरलो अहिलेको मात्र होइन, सांसद ग्लानका बुवा, हजुरवुवा र जिजुवुवादेखिकै पुस्ताले भोग्दै आएको पिरलो हो । परेवाभीरको व्यथा वकालत त अहिले आएर मात्रै सार्बजनिक रुपमा गरिएको हो । व्यथा सुनाउने र सुनिने ठाउँमा जब परेवाभीर छेउछाउका मानिसहरुहरुको पनि दह्रो उपस्थिति रह्यो ।
राक्सिराङ गाउँपालिका वडा नं ४ चौकीटार घर भएका सांसद ग्लान, राक्सिराङ गाउँपालिका वडा नं ९ घर भएका राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिका वडा नं ७ घर भएका गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, राक्सिराङ गाउँपालिका ४ नं वडाध्यक्ष सञ्जय कोइराला लगायत सबैको एकै चाहना छ–परेवाभीरबाट मुक्ति पाउनु प¥यो ।हजारौँपटक यही भीर छिचोल्दै उल्लेखित पात्रहरुको आउजाउ जिन्दगीभर नै भइरहेको छ । परेवाभीरको पिरलोबाट मुक्ति पाउनका लागि राक्सिराङ गाउँपालिकाले परेवाभीरको बिकल्प खोजेर नयाँ ट्रयाक खन्ने अबधारणा पनि नल्याएको होइन । राक्सिराङ गाउँपालिका वडा नं ५ बाङतीराङबाट बमकिम हुँदै रतुवा छेउ पुग्ने बाटोको बिस्तृत परियोजना अध्ययन प्रतिवेदन पनि बनाइयो । तर, त्यसो गर्दा लागत बढी हुनेसँगै ५ किलोमिटर बाटो लम्बिने र घुमाउरो हुने भएपनि त्यो परियोजना पनि असफल भएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउनुहुन्छ ।