भीमफेदी कारागारमा एकतिहाई कैदीबन्दी लागुऔषत मुद्धामा
गुगलपाटी संवाददातामकवानपुरको भीमफेदी कारागारमा रहेका ९४५ कैदीबन्दी मध्ये ३५१ जना लागूऔषधको प्रयोग तथा कारोबारको मुद्दा खेपिरहेका छन् । यस तथ्यले समाजमा हुने अपराध मध्ये लागुपदार्थमा संलग्नहरुको संख्या निकै धेर छ । यता जिल्ला प्रहरी कार्यालयको हिरासतमा कुल १६ जना रहेकोमा ४ जना लागूऔषधसम्बन्धी मुद्दाका छन् । लागूऔषधसम्बन्धी मुद्दामा सजाय पाएकाहरुले अन्य मुद्दाका कैदीले जस्तो छुट समेत पाउँदैनन् । त्यसैले उनीहरुले लामो जेलजीवन बिताउनु पर्ने छ । भीमफेदी कारागारमा लागुपदार्थ सम्बन्धी मुद्दामा जेलजीवन बिताईरहेका ३५१ मध्ये आधा भन्दा धेर मकवानपुरकै छन् । यस तथ्यले पनि लागूपदार्थको दूव्र्यसनीदेखि कारोबार गर्नेहरुमा मकवानपुरेको संलग्नतालाई देखाउँछ ।
विश्वमा अधिकांश लागूऔषधका प्रयोग र कारोबारीहरु यूवा नै छन् । व्यक्तिको चारित्रिकदेखि बौद्धिक र शारीरिक क्षमता मात्र हैन समाज र राष्ट्रकै भविष्यसँग जोडिएको लागूऔषधमा युवाहरुको संलग्नता गम्भीर विषय हो । कुलतमा लाग्ने र त्यस्तै व्यापार गर्नेहरुबाट समाजको भविष्य माथि प्रश्न उठ्ने नै छ । युवाहरुलाई असल कर्ममा प्रेरित गर्नु चुनौती समाजमा बन्दै गएको छ । असल नागरिक उत्पादनमा परिवारदेखि राज्यको भूमिका बारे बहस हुन जरुरी छ । लागूपदार्थमा युवाहरुको संलग्नता किन बढ्दै छ रु यसको निराकरणमा राज्यको दायित्व र परिवारको जिम्मेवारी के हो रु चिन्ता मात्र गर्ने कि उपायको खोजी पनि रु चिन्ता गर्नु भन्दै समस्याको जड पत्ता लगाउने र त्यसको निराकरणका लागि योजना बनाउन आवश्यक हुन्छ ।
युवा उमेर जोखिमपूर्ण हुन्छ । तत्कालिन आवश्यकता, परिवेश र संगतले युवाहरु परिचालित हुन्छन् । त्यसैले यो उमेर समुहलाई जोखिम तरल अवस्था मानिन्छ । विशेषगरी लहलहैमा लाग्ने, महत्वाकांक्षा बढाउने तथा त्यसलाई पुरा गर्न जे पनि गर्ने युवा उमेर हो । यस्तै आफुले भनेको नभए वा महत्वाकांक्षा पुरा नभए छिटै निराश हुने गर्दछन् । यी दुबै अवस्थाले युवाहरु छिटो लागुपदार्थ सेवनदेखि कारोबारमा संलग्न हुने अध्ययनहरुले देखाएका छन् । छिटै पैसा कमाउने महत्वाकांक्षाले लागूऔषधको कारोबार गर्दछन् भने निराश भए वा लहलहैमा लागेर प्रयोग गर्ने गरेको पाईन्छ । यति बेला समाज र राज्यले युवा शक्तिलाई रचनात्मक र विकासमा लाग्ने वातावरण बनाउनु पर्छ ।
मकवानपुर जिल्लाको मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका नागरिक लागूऔषधसम्बन्धी मुद्दामा कैदीबन्दी जीवन बिताउनेको संख्या बढी छ । मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा गाँजाको अवैध खेती हुने गरेको छ । यता भारतको रक्सौल सीमाबाट औषधिजन्य लागूऔषधको अवैध आयातमा समेत मकवानपुरे युवाहरु बढी सक्रिय देखिएका छन् । गाँजाको अनाधिकृत खेति र प्रयोग अनि भारतबाट सहजै आयात गर्न मिल्ने भएकाले विशेषगरी मकवानपुर लागुऔषधको कार्यभूमि बन्दै गएको देखिन्छ । तर पछिल्लो समय सुरक्षा सतर्कता बढेपछि मुद्दाको संख्या पनि बढेको हो । तर कडा सजाय र सुरक्षा चाँज हुँदा पनि किन यसको कारोबारमा कमि आउँदैन भन्ने प्रश्न गम्भीर छ । त्यसमाथि युवाहरुको सक्रिय संलग्नता समाजकै लागि चुनौती बनेको छ ।