घरबहालमा ५० प्रतिशत छुटको माग
गुगलपाटी संवाददाताहेटौंडाः घर बहाल सरोकार महासंघ नेपाल मकवानपुरले घरबहाल, घरबहाल कर लगायत विषयहरुमा आफनो माग राख्दै हेटौंडामा पत्रकार सम्मेलन गरेको छ । महासंघ नेपाल मकवानपुरले घरबहाल, बैङ्कको ब्याज, घरबहाल कर, आयकरमा ५० प्रतिशत छुट दिनुपर्ने माग राखेका छन् ।
घरबेटी व्यवसायीहरु नङ र मासु भए झै एकलले अर्कालाई परेको बेलामा सहयोग गर्नुपर्ने महासंघको माग हो । महासंघ नेपाल मकवानपुरका अध्यक्ष नवराज न्यौपानेले घरभाडा कै कारणले व्यवसायीहरु विस्थापित हुन नपरोस, कोरोना भाइरस (कोभिड १९) ले विश्वव्यापी रुपमा आक्रान्त पारेको बेलामा लकडाउनको कारण धेरै व्यवसायीहरु आ–आफनो घरमा बस्नुपरेकोले व्यापार व्यवसाय ठप्पै हुँदा कुनैपनि बैङ्को ब्याज, घरभाडा, घरबहाल कर, आयकर, तिर्न नसक्दा धेरै व्यवसायहरु विस्थापित हुन बाध्य भए । यो विषयमा सरोकारवाला (घरबेटी), सरकार, बैङ्कले धेरै हदसम्म छुट दिएर सहयोग गर्नुपर्ने अध्यक्ष न्यौपानेको भनाई छ ।
यसैगरि घरबहाल सरोकार महासंघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष पवनकुमार भवत, नारायण प्रसाद कँडेलले कर होइन करको दायरा बढाउनुपर्ने कुरामा जोड दिए । यसैगरि महासचिव तथा केन्द्रिय सदस्य समिर डङ्गोलले लकडाउनको अवधिभरि घरबेटीहरुले १०० पतिशत नभएपनि ९० प्रतिशत घरभाडामा छुट दिने कुरामा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रममा बोल्दै महासचिव डङ्गोलले व्यवसायीहरुलाई पुनः स्थापित गर्नको लागि सबैतिरबाट सहयोग गर्नुपर्ने कुरामा जोड दिए ।