हेटौंडाका विपन्न परिवारलाई नगरले सहयोग
गुगलपाटी संवाददाताहेटौंडाका एकल र बिपन्न परिवारको सहयोगी वन्दै उनीहरुको आयआर्जनका लागि हेटौंडा उपमहानगरपालिका सहयोगि वनेको छ । असहाय तथा एकल परिवारलाई पाडा, पाडी देखि ठेला सम्म बितरण गरिएको छ ।
हेटौंडा १८ का विपन्न परिवारलाई ठेला वितरण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले विपन्न परिवारलाई ठेलामा तरकारी, फलफूल लगायतका सामाग्री विक्री गर्नका लागि सहज होस भन्ने उदेस्यले ठेला वितरण गरिएको हो । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले हर्नामाडीका १६ विपन्न परिवारलाई ठेला वितरण गरिएको वताउनुभयो । स्थानीय सरकारले ठेला प्राप्त वितरण गरेकोमा स्थानीयहरु खुसी भएका छन् ।
यसैगरी हेटौंडाका एकल महिलाहरुलाई स्थानीय सरकारले सहयोग गरेको छ । उपमहानगरपालिकाका मेयर महतले हेटौंडा १८ फुर्केचारका एकल महिलाहरुका लागि पाडा, पाडी वितरण गर्नुभएको हो ।
दुखी, गरिव र असहाय परिवारलाई आयआर्जन गर्नका लागि सहज होस भन्ने उदेस्यले पाडा पाडी वितरण गरिएको मेयर महतले वताउनुभयो । एक महिलाहरुका लागि स्थानीय सरकारको यो कार्यक्रमले थप सहजता प्रदान गर्नेछ । १३ परिवारका लागि पाडा, पाडी वितरण गरिएको हो । कार्यक्रममा हेटौंडा १८ का वडा अध्यक्ष अनिल वानियाको आतिथ्यता रहेको थियो ।