बागमती प्रदेशमा १७ हजारको पिसिआर परिक्षण

गुगलपाटी संवाददाता
१९ असार २०७७ ०६:३१

बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को पीसीआर जाँचको कामलाई पछील्लो समयमा तिव्रता दिइएको छ । प्रदेशका १३ जिल्लामा प्रदेश सरकारले कोरोना परिक्षणमा तिव्रता दिइएको हो ।

कोरोना परिक्षणको अर्को विधि आरडीटी संगै पीसीआर जाँचलाई तिव्रता दिइएको हो । बागमती प्रदेशमा हाल सम्म १६ हजार हजार ९ सय ७८ जनाको पीसीआर जाँच गरिएको प्रदेशको सामाजिक विकसा मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिनुभयो

प्रदेशका जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौमा पीसीआर जाँच गरिएको छ । काठमाण्डौमा ४ हजार ९ सय ११ जनाको पीसीआर जाँच गरिएको उहाँले वताउनुभयो । त्यसैगरी ललितपुरमा २ हजार १ सय २८ जना, भक्तपुरमा १ हजार ६ सय सय ७० जना, रसुवामा सवै भन्दा कम ४९ जनाको पीसीआर जाँच गरिएको डाक्टर सेडाईले जानकारी दिनुभयो ।

त्यसैगरी नुवाकोटमा ५ सय ६२ जना, धादिङमा १ हजार ३२ जना, चितवनमा २ हजार ८ सय ९० जना, सिंधुलीमा ६ सय ४४ जना, मकवानपुर जिल्लामा एक हजार ८१ जना, रामेछापमा ४ सय ३५ जना, दोलखामा ३ सय ८ जना, काभ्रेमा ४ सय १६ जना र सिन्धुपाल्चोकमा ८ सय ५२ जनाको पीसीआर जाँच गरिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।