आश्रमलाई खाद्य समस्या
गुगलपाटी संवाददाताकुमारी स्याङबो
हेटौडा उपमहानगरपालिका ९ स्थित मानव सेवा आश्रममा लकडाउनको अवधिमा
समेत आश्रितहरु थपिएपछि समस्या हुन थालेको छ ।
लकडाउनको समयमा २० जना थपिएका काराण आश्रममा समस्याहरु उप्पन्न भएको आश्रमले जनाएको छ । आश्रय लिएर बसेका असहाय र वेसहारा वृद्धवृद्धाहरु आश्रममा रमाउँदैछन । उनिहरुलाई धेरै मात्रमा खानामा समस्या आइपरेका छन् । उनीहरुले आफन्त र घर परिवार बिर्सेका छन् । उनीहरुलाई आश्रम घर भएको छ भने आश्रममा उनीहरुको स्याहार सुसार गर्नेहरु परिवार भएका छन् ।
मानव सेवा आश्रममा १ सय ६३ जना आश्रय लिनेहरु रहेका छन् । जसमध्ये ६० जना महिला र १ सय २ जना पुरुष रहेको मानव सेवा आश्रमकी केन्द्रिय सदस्य उमा भण्डारीले जानकारी दिइन् । कोरोना भाइरस (कोभिड १९) को त्रास बढे संगै मानव सेवा आश्रममा समस्या उत्पन्न भएका छन् । लकडाउन अवधिमा २० जनालाई आश्रममा ल्याएका हुन् । जसमध्ये २ जना महिला र १८ जना पुरुष रहेको भण्डारीले बताइन् ।
मानव सेवा आश्रमले लकडाउनको अवधिमा आश्रममा ल्याउनेहरुको लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको छ । १४ दिन क्वारेन्टाइनमा राखेर कोरोना परिक्षण गर्दा कोरोना छैन भने संगै मिसाएर राख्ने गरेको आश्रमले जनाएको छ ।
आश्रमलाई विभिन्न संघ सस्ंथाहरुले सहयोग गरेका छन् । हेटौंडा उपमहानगरपालिकाले २ पटक करिब डेट महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेको छ । त्यस्तै देश विदेशमा रहेका नेपाली जनताहरुले व्यक्तिगत सहयोग पनि गर्दै आएको भण्डारीले बताइन् । लकडाउन खुकुलो भए संगै आश्रममा सहयोग गर्ने संख्या भने घट्दो अवस्थामा रहेको बताए ।
त्यस्तै हेटौंडा ४ घर भई ४८ वर्षिय गोपाल सापकोटाले आश्रममा आएर आफनो जिन्दगीको मुहार फेरेको बताए । उनि विगत २०६३ साल देखि नै आश्रममा बस्दै आएका हुन् । घरको मान्छे लिन आए पनि म जान्न उनले भने । मानव सेवा आश्रममा पारिवारिक वातारण भएको हँुदा आश्रममै रमाईलो लाग्ने गरेको छ । उनलाई भेट्न बेला बेलामा आमा दाजु आउने गर्दछ । उनी पहिलो चोटी आश्रममा आउँदा आश्रमको निकै नै नाजुक अवस्था थियो । उनि दिसापिसाव ओछ्यानमा गर्ने र मानसिक सन्तुलन गुमाएका थिए । आश्रममा आएपछि सापकोटाको अवस्था धेरै परिवर्तन भएको भन्डारीले बताइन् । सावकोटाले आश्रममा आईसकेपछि धेरै राम्रोे भएका हुनाले उनलाई पुरस्कृत गरिएको भण्डारीले बताए ।
त्यस्तै ७० वर्षीया विष्णु कुमारीलाई पनि आश्रममै रमाईलो लागेको बताए । आश्रममा स्याहार सुसार गरिदिने, माया गर्ने सरसफाई पनि गरिदिने गरेकाले यहाँ घर भन्दा पनि रमाइलो लाग्ने गरेको बताइन् । मान्छेहरु भेट्न आउँदा चिनाई दिने गर्छु र मलाई यहाँ नै धेरै रमाईलो लाग्छ ।
आश्रममा आश्रय लिएका अधिकांश मानसिक सन्तुलन गुमाएका र घरबारबिहीनहरु रहेका छन् । मानव सेवा आश्रमले अधिकांशलाई सडक पेटीमा कष्टकर जीवन बिताइरहेको अवस्थामा उद्धार गरेर ल्याएका हुन् । ईच्छा अनुसार के काम गर्न सकिन्छ त्यही काम गर्न लगाउने गरेको उनले भनिन् । आश्रममा अहिले गाई पालेको छ । मन लागेकाहरु गाई चराउन दिने घाँस काट्न दिने दुध दुन दिने जस्ता कामहरु गर्दै आएको भण्डारीले भनिन् । त्यसो गरेमा मानसिक विकास हुने पहिलाको स्मरण हुने उनले बताइन् ।
आश्रममा महिनाको पहिलो हप्ता नशा तथा मानसिक विषेशज्ञ आएर स्वास्थ्य परिक्षण गर्ने गरेका छन् । आश्रममा २ जना नर्सहरु पनि रहेका छन् । उक्त आश्रम २०६९ साल भाद्र १३ गते स्थापना भएको हो । ७ वटै प्रदेशमा १९ स्थानमा आश्रम रहेका छन् । बागमती प्रदेशमा मात्रै ६ वटा आश्रम रहेको छ । सबै आश्रममा गरेर १ हजार भन्दा बढि मानिस बस्ने गरेको मानव सेवा वृद्धा आश्रमले जानकारी दिए । आश्रममा महिला पुरुष छुट्टा छुटै गरी राख्ने गरेको छ । स्थापना भएको ८ वर्षको अवधिमा ६ सय भन्दा बढिलाई पारिवारिक पुर्नमिलन गराईसकेको आश्रमले बताएको छ ।