हेटौंडा बजारमा ल्यापटप र मोवाईलको मुल्य आकाशियो
गुगलपाटी संवाददाताहेटौंडा÷कोरोना संक्रमणका कारण देशका सबै ठाउँमा लकडाउन भएका छ । लकडाउन संगै देशको सबै ठाउँमा एक ठाउँबाट अर्को ठाउँमा आवातजावत गर्न पाइएन । चैत देखि स्कुल विदा भएपछि अनलाइनमा पढाई सु? गर्न थालिएको छ । अनलाईनमा पढाई सुरु भएपछि ल्यापटप र मोवाईलको मुल्य नै व्हात्तै बढेको छ ।
निजि विद्यालयमा अध्ययन गर्ने छोराका लागि हेटौंडा उपमहानरपालिका १२ की मिना लामिछानेले ल्यापटप किनिन् । विद्यालयले सञ्चालन गरेको अनलाईन कक्षामा आफनो छोरालाई सहभागी गराउन उनले ल्यापटप किने कि हुन् । लकडाउन अगाडी ३५ हजारमा पाउने ल्यापटपलाई अहिले ४४ हजार रुपैयाँमा किनिन् । लकडाउनका कारण विद्यालय देखि विश्व विधालयको पढाई प्रभाबित भएपछि अहिले वैकल्पिक अध्ययनका निम्ति अनलाईन कक्षाको लहर चलेको छ ।
त्यसका लागि हरेक विधार्थीलाई दृश्य र ईन्टरनेट सुबिधासहितको मोबाईल वा ल्यापटप चाहिन्छ । त्यसैले मोबाईल र ल्यापटपको माग बढेको छ । माग बढेकाले मुल्य पनि व्हात्ते बढेको छ । यहि मौकामा व्यवसायीले कृतिम अभाव देखाएर चर्को मुल्य असुली रहेका छन् । उपभोक्ताले चैत अघिको तुलनामा अहिले प्रति ल्यापटप १० देखि १५ हजार रुपैयाँसम्म बढि तिर्नु परेको छ ।
मोबाईल बजारमा पनि अभाव देखाउँदै उपभोक्तामाथी ठगी भईरहेको छ । व्यवसायी भने अन्तराष्ट्रिय उडान नभएकाले समान आउन नपाएकोले अभाव भएको बताउँछन् । तर समानको माग र अभाव भएपनि मुल्य वृद्धि हुन स्वाभाविक हो भन्छन व्यापारीहरु हेटौंडा उपमहानगरपालिका ४ मा रहेको स्काई ईन्फोसिस कम्युटर पसलमा अनलाईन कक्षा सुरु भईसकेपछि २५ वटा ल्यापटप विक्रि भईसकेको बताईएको छ । हरेक ल्यापटपको भाउ पहिला भन्दा १० हजारले बढेको बताए । पहिलाको भन्दा भाउ बढेकाले बढी महंगो देखिएको हो व्यापारीले भने ।
त्यस्तै मोबाईलमा पनि भाउ बढेको छ । एउटा मोबाईल बराबर ३ हजार सम्म बढेको मोबाईल एसोसिएसन मकवानपुरका अध्यक्ष एसिस रिजालले जानकारी दिए । पुरानो भएको स्टक सकिएको र पछि आएको मोबाईल डलर बढेको कारणले गर्दा भाउ बढेको उनले बताए । कम्प्युटर एसोसिएन मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनीले अनलाईन कक्षाका कारणले भाउ बढेको होइन, सामानको अभाव र डलरको भाउ बढेकाले ल्यापटपको मुल्य आकाशिएको बताए । कोरोना माहमारी र लकडाउनले समष्यामा परेका उपभोक्ताहरुलाई अनलाईन शिक्षाले पनि थप आर्थिक पिडामा परेका छन् ।