रेडक्रसले ग¥यो माक्स र सेनिटाइजर हस्तान्तरण
गुगलपाटी संवाददातानेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाले कोरोना सचेतना अभियान अन्तर्गत विभिन्न संघ संस्था तथा मजदुरलाइ सर्जिकल माक्स तथा सेनिटाइजर हस्तान्तरण गरेको छ । उपशाखाले हेटौंडा ४ का अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुलाइ ४०० थान सर्जिकल माक्स, वडा प्रहरी कार्यालय हेटौंडालाई २०० थान सर्जिकल माक्स तथा १ लिटर सेनिटाइजर तथा ४ नं वडा कार्यालयलाई १०० थान सर्जिकल माक्स तथा १ लिटर सेनिटाइजर हस्तान्तरण गरेको हो ।
स्वास्थ सामाग्री हेटौंडा उपशाखा सभापति शिबहरि दाहाल, नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाका कोषाध्यक्ष पिताम्बर बास्तोला तथा हेटौंडा उपमहानगरपालिका ४ नं वडाका कार्यवाहक अध्यक्ष राजेन्द्र बस्ताकोटीले संयुक्त रुपमा वडाका प्रहरी कार्यालयका निरीक्षक इश्वरि भण्डारी तथा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुर राजु आचार्यलाई हस्तान्तरण गरेका थिए ।
कोरोनाको महामारिमा २४ घन्टा आफ्नो कार्यस्थलमा खटिनुपर्ने हुदा जोखिमलाई न्युनिकरण गर्न सहयोग पुग्ने उद्देश्यले नेपाल प्रहरी तथा अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुलाई सहयोग हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालले जानकारी दिए ।
हेटौंडा उपशाखाले सक्षम औसधि पसल र सम्पूर्ण औसधि पसल, हेटौंडा १ को सहयोगमा सर्जिकल माक्स तथा हेन्ड सेनिटाइजर हस्तान्तरण गरेको हो उपशाखा सचिब किसन घिसिङले जानकारी दिए ।
स्वास्थ सामाग्री उपलब्ध गराउने सम्पुर्ण औसधि पसलका प्रोपाइटर बब्लु पाण्डेले कोरोनाको महामारिमा मजदुर तथा रास्ट्र सेवक प्रहरीलाइ स्वास्थ सामाग्री उपलब्ध गराउन पाउँदा खुसी लागेको र आबस्यकता भए अनुसार अझै स्वास्थ सामाग्रीहरु सहयोग गर्ने बताए ।