हेटौंडामा मोवाइल मर्मत र सेनेटरी प्याड निर्माण गर्नेहरुलाई आज प्रबिधि हस्तान्तरण

गुगलपाटी संवाददाता
२९ असार २०७७ १५:१६

हेटौंडामा मोवाइल मर्मत र सेनेटरी प्याड निर्माण गर्नेहरुलाई आज प्रबिधि हस्तान्तरण गरिएको छ । हेटौंडा उपमहानगरपालिका र संयुक्तराष्ट्रिसंघीय विकास कार्यक्रम युएनडीपीको आर्थिक सहयोगमा प्रविधि हस्तान्तरण गरिएको हो । कार्यक्रममा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मोवाइल रिपेरीङ गर्ने मेसीन र सेनेटरी प्डाड उत्पादन गर्ने मेसिन हस्तान्तरण गर्नुभयो ।

मकवानपुरको महिला ससक्तिकरण तथा गरिवी निवारण समुह नेपालको आयोजनामा गरिएका तालिममा सहभागिहरुलाई प्रविधि हस्तान्तरण गरिएको थियो । तालिमसंगै प्रविधि प्राप्त गरेपछी स्वरोजगार वन्नका लागि सहज हुने मेयर महतले वताउनुभयो । तालिममा सिकेका सीपलाई व्यावहारमा लागू गर्नेगरी प्रबिधि समेत हस्तान्तरण गरेकोमा मेयर महतले धन्यवाद दिनुभयो ।