मकवानपुर कम्युनिस्ट आन्दोलनकी थापाको निधन
गुगलपाटी संवाददातामकवानपुरको कम्युनिष्ट आन्दोलनकी नेतृ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ राजदेविकी बालकुमारी थापाको गएराती निधन भएको छ ।
नेकपा मकवानपुरका अभिभावक समेत रहनुभएकी कम्युनिष्ट आन्दोलनकी नेतृ बालकुमारी थापालाको ७६ वर्षको उमेरमा गएराती हेटौंडा अस्पतालमा मृत्यु भएको हो । मुटुमा थप समस्या आएकाले उहाँलाई अस्पतालमा ल्याइएको थियो । कम्युनिष्ट आन्दोलनकी धरोहर थापालाई रोगले धेरै चापेपछी हेटौंडा अस्पताल ल्याएपछी डाक्टरले मृत घोषणा गरेको नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले वताउनुभयो ।
विगत १५ वर्ष देखि मुटुरोगले ओच्यानमा थलिनु भएकी नेतृ थापा मुटु र अरु विभीन्न रोगले ओच्यानमा थलिनु भएको थियो । थापाले तत्कालिन नेकपा माले पार्टीका नेता भुमिगत हुँदा उहाँको घरमा लुकेर वस्दै आएका थिए ।
अहिलेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका तत्कालिन महासचिव मदनकुमार भण्डारी, नेता जिवराज आश्रीत, विद्यादेवि भण्डारी, मालेका महासचिव सीपी मैनाली, नेकपाका नेता प्रदिप नेपाल लगायतका नेतालाई आश्रय दिने गर्नुभएको थियो ।
बिरामी परेर थलीएकी थापालाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उपचारका लागि सरकारको तर्फबाट यसअघि एक लाख रुपैयाँ उहाँलाई घरमै लगेर हस्तान्तरण गर्नुभएको थियो । विगत ५० वर्ष अगाडि देखि विभीन्न आन्दोलनमा सरिक हुनु भएकी बालकुमारी थापालाई दम, मुटु रोगले अहिले ग्रस्थ हुनुहुन्थ्यो । उहाँका तीन छोरा छन् । थापालाई मकवानपुरले कम्युनिष्ट आन्दोलनकी आमा भनेर सवैले चिन्ने गर्दछन् ।