बागमती प्रदेशमा २२ हजार जनाको पीसीआर जाँच

गुगलपाटी संवाददाता
३ श्रावण २०७७ ०९:५४

बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को पीसीआर जाँचको कामलाई पछील्लो समयमा तिव्रता दिइएको छ । प्रदेशका १३ जिल्लामा प्रदेश सरकारले कोरोना परिक्षणमा तिव्रता दिइएको हो ।

कोरोना परिक्षणको अर्को विधि आरडीटी संगै पीसीआर जाँचलाई तिव्रता दिइएको हो । बागमती प्रदेशमा हाल सम्म २२ हजार ६ सय १३ जनाको पीसीआर जाँच गरिएको प्रदेशको सामाजिक विकसा मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिनुभयो ।

प्रदेशका जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौमा पीसीआर जाँच गरिएको छ । काठमाण्डौमा मात्र ५ हजार ४८ जनाको पीसीआर जाँच गरिएको उहाँले वताउनुभयो । त्यसैगरी ललितपुरमा २ हजार ५ सय ३८ जना, भक्तपुरमा २ हजार १ सय सय ४५ जना, रसुवामा १ सय ६९ जनाको पीसीआर जाँच गरिएको डाक्टर सेडाईले जानकारी दिनुभयो ।

त्यसैगरी नुवाकोटमा ६ सय ७३ जना, धादिङमा १ हजार २ सय ६७ जना, चितवनमा ५ हजार ६ सय ५ जना, सिंधुलीमा ९ सय २३ जना, मकवानपुर जिल्लामा १ हजार ५ सय १० जना, रामेछापमा ४ सय ८७ जना, दोलखामा २ सय २२ जना, काभ्रेमा ५ सय ९४ जना र सिन्धुपाल्चोकमा १ सय ३ सय ३२ जनाको पीसीआर जाँच गरिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।