सिन्धुपाल्चोक समाज ,दक्षिण कोरियाद्दारा दोस्रो चरणको राहत तथा सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न
गुगलपाटी संवाददाताआपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोक बासी मिलनको आधार नाराको साथमा २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिणकोरियाले शुक्रबार राहतको दोस्रो किस्ता भोटेकोशी गाउँपालिकाको वडा न ३ लार्चा फुमाचेका बाढि पीडितहरूलाई सहयोग गरेका छन्।
मिति २०७७ साल असार २४ र २५ गते राती गएको पहिरोले २ जना गम्भीर घाईते भएको, ६० घरधुरीको २६० जना विस्थापित भई तातोपानी भन्सार कार्यालयको भवनमा बस्दै आउनु भएको पीडितहरूलाई जीवन सुधार साना कृषी सहकारी संस्थाको प्राबिधिक सहयोगमा सिन्धुपाल्चोक समाज , दक्षिण कोरियाले लगभग रु,१ लाख २५ हजार बराबरको ६० घरधुरीलाई खाधान्न सामाग्री चामल , दाल , तरकारी ,नुन, तेल ,चाउचाउ ,साबुन सहयोग हस्तानतरण गरेको हो ।
जुन ठाँउ बाह्रबिसेबाट २० किलोमीटर टाढा पर्छ चिनको स्वसाशीत क्षेत्र तिब्बत संग सिमाना जोडिएको ठाँउ हो अहिले बाढी पहिरोले गर्दा त्यहाँ जाने बाटो सबै बन्द छ मान्छे हिडडुल गर्ने समेत गाह्रो भएको अवस्थामा स्थानीय सहकारी संस्थामा जगेडा राखिएको खाधान्न सामाग्री किनेर वितरण गरेका थिए।
राहत वितरणका लागि सिन्धुपाल्चोक समाज दक्षिणकोरियाको सल्लाहकार उज्वल लामा र जीवन सुधार साना कृषि सहकारी संस्था ले सहयोगी भूमिका निर्वाह गरेको थियो।
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको अध्यक्ष नबिन श्रेष्ठले दक्षिण कोरिया , इज़राइल,साउदी अरब ,दुवई साइप्रस तथा नेपालमा रहनु हुने सहयोगी मनहरु प्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका छन् ।
सिन्धुपाल्चोकमा बाढी पहिरोले बस्तीहरु बिस्थापित भएका अरु ठाँउमा पनि आवश्यकता अनुसार राहत तथा सहयोग वितरण गर्ने निबर्तमान अध्यक्ष तथा सल्लाहकार सञ्जिव भण्डारीले जानकारी गरेका छन्।