थाहानगरपालिकाका कर्मचारीलाई सम्मान
गुगलपाटी संवाददातामकवानपुर जिल्लाको थाहा नगरपालिकाले तीन जना कर्मचारीलाई सम्मान गरेको छ । बेरुजु फछ्र्यौटमा मकवानपुरको थाहा नगरपालिका देशमै सर्वोत्कृष्ट भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुरस्कृत गरेपछि कार्यालयका कर्मचारीहरुको योगदानलाई कदर गर्दै नगरपालिकाले सम्मान गरेको हो ।
शनिबार थाहा नगर कार्यपालिका बैठकको अवसरमा थाहा नगरपालिकाका मेयर लवशेर विष्ट तथा उपमेयर खड्ग गोपालीले प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी, लेखा अधिकृत विष्णु भुसाल र पञ्जीकरण शाखाका प्रमुख सुरजकुमार भुजेललाई सम्मान गरिएको छ । थाहा नगरपालिकालाई २०७४ सालमै पञ्जिकरण विभागले अनलाईन प्रणालीमा सेवा सञ्चालन गरेकोमा सम्मान गरेको थियो ।
आर्थिक वर्ष २०७४र०७५ सम्मको बेरुजु अंकको ९६।०६ प्रतिशत फछ्र्यौट गरेकोमा थाहा नगरपालिलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार ३० गते पुरस्कृत गरेको थियो । थाहा नगरपालिका यस वर्षका लागि देशकै एक मात्र पुरस्कृत स्थानीय तह हो । आर्थिक वर्ष २०७५र०७६ को लेखापरीक्षणबाट जम्मा २।५४ प्रतिशत बेरुजु कायम गरी सर्वोत्कृष्ट कार्य गरेको ठहरसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थाहा नगरपालिकालाई देशभरकै सर्वोत्कृष्ट घोषणा गरेको हो । असार ३० गते नेपाल सरकार सचिवस्तरको निर्णयबाट निर्णयसहित घोषणा गरिएको थियो ।
कार्यक्रममा मेयर लवशेर विष्टले सामुहिक कार्यबाटै सफल हुने भएकोले नगरमा उक्त टिम सक्षम रहेको र प्रमुख प्रशासकीय अधिकृत तथा लेखा अधिकृतसहितको टिम अब्बल रहेको धारणा राख्नुभयो । उपमेयर खड्ग गोपालीले सामूहिक कार्यबाटै सफलता चुम्ने भएकोले थाहानगरमा ति सामूहिक कार्यहरु परिणाममुखी रहेको बताउनुभयो । जनप्रतिनीधि र कर्मचारहिरुको अथक प्रयास नै सफलताको कडी भएको उहा“को भनाइ थियो ।
कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जनप्रतिनिधिहरुको अब्बल टिमका कारण प्रशासनिक कामकाजमा सहज र प्रतिफलमुखी बनाउन सफल भएको बताउनुभयो । सम्पुर्ण नगरको सफलता मेयर विष्टको नेतृत्वकै सफलता झल्कने भएको बताउनुहुँदै प्रमुख प्रशासकीय अधिकृत पुरीले सबै जनप्रतिनिधिहरुको प्रशंसा गर्नुभयो । कार्यालयको सबै प्रशासनिक कार्यमा जनप्रतिनिधिहरुको उत्तिकै सहयोग र सद्भाव रहेकाले नगरले प्राप्त गरेको सफलतालाई टिकाई अरु सफलता चुम्नका लागि कर्मचारी टिम अग्रसर हुने उहाँको भनाइ थियो ।