हेटौडा १३ का थिङले मेवा खेतीबाट आम्दानी
कुमारी स्याङ्बोहेटौंडाः गाउँका युवाहरु नयाँ खालका कृषि क्षेत्रमा काम गर्न थालेका छन् । मकै र कोदोमात्र फल्ने खेतवारीमा मेवा, खर्वुजा जस्ता खेती गरेर आम्दानी गर्न थालेका छन ।
हेटौडा उपमहानगरपालिका—१३ का एक युवाले लकडाउनमा पनि मेवा खेतीबाट राम्रै कमाई गरेका छन् । कमाई हुन्छ की हुदैन भनेर पदमपोखरीका सुरज थिङले आफनो २ कठ्ठा जमिनमा मेवा खेती गरेका थिए । उनले भारतबाट आउने रेड लेडि जातको मेवा लगाएको हो । ३० हजार लगानीबाट सुरु गरेको मेवा खेतीबाट चार लाख आम्दानी गर्न सफल भए । मेवा खेतीवाट कमाई राम्रो भएको देखेर उनले ५ विघामा मेवा खेती गरेका छन । मेवाबाट कमाई राम्रै भएकाले अरु जग्गामा पनि लगाएको किसान थिङले बताए । एक वर्षभरी कोदो र मकै नफल्ने जग्गामा मेवावाट राम्रै कमाई भएकोमा उनी खुशी छन् ।
मेवा रोपेर ३ महिनामा फल फल्ने गर्छ । ९ महिना पुरा भएपछि मेवा फल्ने बताए । एक पटक लगाएको मेवाको बोटले २ बर्ष सम्म फल दिने गर्छ । । मेवा खेतीलाई छोटो समयमा उत्पादन गर्न सकिने र राम्रो माग भएको हुँदा मेवा खेती गर्न राम्रो हुने उनको भनाई छ । बारिमा मकै लाउन एक वर्ष कुर्न पर्ने र आम्दानी पनि नहुने हुँदा मकै, कोदो भन्दा धेरै राम्रो हुन्छ उनले भने , १ कट्टामा ८० देखी १०० बोटसम्म मेवा लगाउनु पर्छ । एउटा बोटमा ३० देखि ५० केजी सम्म फल्ने गरेको छ । उनले फलाएको मेवा किलोको सय रुपैयामा मा बेच्ने गरेको उनले बताए । उनले उत्पादन गरेको मेवा हेटौंडा बजार मै बिक्री हुने गरेको छ । एक दिनमा १० देखि १२ टन सम्म बिक्री हुने गरेको उनले बताए । लकडाउनको सुरु भएको समयमा मेवा बिक्री वितरण गर्न धेरै समस्या भएको र अहिले सामाजिक संजालबाट होम डेलिभरीको लागि माग हुने हुँदा विक्री गर्न सजिलो भएको थिङले बताए । मेवा खेतीका लागि सिचाईको पनि आवश्यक पर्छ । १०,१२ दिनमा मेवाको बोटमा पानी हाल्नु पर्छ । उनले उत्पादन गरेका सवै मेवा अर्गानिक छन् । विष र रासायनिक मल पनि हालेका छैनन् । थिङले मेवा खेतीमात्र होइन खरर्वुजाको खेती गरेर विक्री पनि गरिसकेका छन । १० कठ्ठा जमिनमा उनले खरर्वुजा खेती गरेका थिए । त्यसबाट पनि उनले राम्रै आम्दानी गरेको बताए । मेवा खेती गर्न उनले कृषि विकास कार्यालयवाट तालिम लिएका थिए । त्यही तालिमवाट सिकेका कृषिबाट मेवा खेती गर्न थालेका हुन् । उनले मेवा खेतीबाट राम्रो आम्दानी गरेको देखेर गाउँका अरुले पनि मेवा खेती गर्न थालेका छन ।
,