उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना संक्रमण, १५६ डिस्चार्ज
गुगलपाटी संवाददाताकाठमाडौं उपत्यकामा ९ सहित थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा थप १४७ जनामा कोरोना संक्रमण देखिएसँगै बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौंमा ५, ललितपुर र भक्तपुरमा २र२ जना र अरु बाहिर जिल्लाकामा कोरोना पुष्टि भएको छ ।
नेपालमा कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।
२४ घन्टामा १५६ डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुनेको संख्या १२ हजार ८४० पुगेको छ ।
जिल्लागत तथ्यांक अनुसार संक्रमित हुनेमा धनकुटाका २, सुनसरीका २, मोरङका ८, झापाका १, सिरहाका २, सप्तरीका ७, पर्साका १७, भक्तपुरका २, काठमाडौंका ५ महोत्तरीका १, पर्वतका १, ललितपुरका २, कास्कीका २ छन् ।
त्यस्तै स्याङ्जाका १, पर्वतका २, रुपन्देहीका १३, प्युठानका २, नवलपरासीका १, सुर्खेतका ५, सल्यानका १, दैलेखका २४, डडेलधुराका २, डोटीका ७, कैलालीका २, बझाङका १ र कञ्चनपुरका ३० जना रहेका छन् ।
मन्त्रालयका अनुसार बिहीबारसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख ३१ हजार ९५ परीक्षणहरु गरिएका छन् । २४ घन्टामा ३ हजार ४८१ परीक्षण भएका छन् ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २० हजार ९८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या ५ हजार ३५८ जना रहेको छ । बुधबार सार्वजनिक २४ घन्टाको तथ्यांकमा संक्रमित १०० जना भेटिएका थिए ।
कोरोनाबाट थप १ को मृत्यु
प्रवक्ता गौतमले नारायणी अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक व्यक्तिमा कोरोना पुष्टि भएको औपचारिक रुपमा जानकारी दिए । मंगलबार साँझ मृत्यु भएका व्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको हो । मृतक वीरगन्ज माइस्थानका ७० वर्षीय पुरुष छन् ।
एडभान्स मेडिकेयर हस्पिटलमा उपचारका क्रममा कोरोना संक्रमणको शंका लागेपछि गत मंगलबार नारायणीमा भर्ना गरिएको थियो ।