बागमती प्रदेशका प्रमुख सचिव रायको बिदाई
गुगलपाटी संवाददाताबागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भर्खरै सरुवा हुनुभएका प्रमुख सचिव तोयम रायको विदाई गर्नुभएको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले मायाको चिनो प्रदान गरेर उहाँको बिदाई गर्नुभएको हो ।
बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रमुख सचिब रायको कार्यकालको प्रसंशा गर्नुभयो । आगामी दिनमा पनि प्रदेशको कार्यमा सहयोग जारी राख्न मुख्यमन्त्री पौडेलले आग्रह गर्नुभयो । करिब ११ महिना प्रमुख सचिब भएर काम गर्दा सचिब रायाको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाई थियो ।
प्रमुख सचिव रायले आगामी दिनमा पनि प्रदेश संग समन्वय गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । प्रदेशको प्रमुख सचिब भएर जिम्मेवारी सम्हाल्न सहजता प्रदान गरेकोमा मुख्यमन्त्री पौडेल तथा प्रदेशका मन्त्रिहरु प्रति आभार ब्यक्त गर्नुभयो । यसैगरी प्रदेशका सम्पूर्ण कर्मचारीहरुको साथ र सहयोग रहेको भन्दै धन्यबाद दिनुभएको थियो । प्रमुख सचिब रायाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । बागमती प्रदेशको प्रमुख सचिबमा डा। मानबहादुर बिश्वकर्मा सरुवा भएर आउँदै हुनुहुन्छ ।
जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरले सरुवा भएर जान लाग्नु भएका बागमती प्रदेशका प्रमुख सचिव तोयम रायको विदाई गरेको छ । बिहीबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर जिल्ला समन्वय समिति मकवानपुर परिवारले प्रमुख सचिव रायलाई विदाई गरेको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनीलगायतले उहाँलाई मायाको चिनो प्रदान गरेर आगामि कार्यकालको सफलताको शुभकामनासहित विदाई गर्नुभएको हो । कार्यक्रममा जिसस प्रमुख रघुनाथ खुलालले प्रमुख सचिव रायको कार्य कुशलताको प्रशंसा गर्दै आगामि कार्यकालको शुभकामना व्यक्त गर्नभएको थियो । प्रमुख खुलालले प्रमुख सचिव रायले जिल्ला समन्वय समितिलाई गर्नुभएको सहयोगकोलागि धन्यवाद समेत व्यक्त गर्नुभयो ।
करीब ११ महिना बागमती प्रदेशको प्रमुख सचिवका रुपमा कार्य गर्नुभएका उहाँ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएर जान लाग्नुभएको हो । विदाई कार्यक्रममा प्रमुख सचिव रायले संविधानत स्थापना भएको जिल्ला समन्वय समितिलाई संघ र प्रदेश सरकारले थप जिम्मेवारी दिनुपर्ने बताउनुभयो । उहाँले केन्द्र तथा प्रदेश सरकारले थप कार्यालय खडा गरेर खर्चको भार बढाउनु भन्दा जिल्ला समन्वय समितिलाई नै प्रयोग गर्न सक्ने तिर सोच्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारका साना–साना काममा जनताले एक जिल्लाबाट अर्को जिल्लासम्म सम्झौता लगायतका काम गर्न जानुपर्ने भएकाले त्यसको अन्त्य गर्न र जनताको सहजताकालागि जिल्ला समन्वय समितिमा केहि कर्मचारी थप गरेर जिम्मेवारी दिदाँ उपयुक्त हुने बताउनुभयो ।