बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय नाघ्यो

गुगलपाटी संवाददाता
९ श्रावण २०७७ १४:२३

बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ सय नाघेको छ । शुक्रवार प्रदेशको दुई जिल्लामा थप १२ जना संक्रमित थपिएसँगै प्रदेशमा संक्रमितको कूल संख्या ९ सय ८ जना पुगेको हो ।

शुक्रवार प्रदेशको काठमाडौंका १० जना र चितवनका २ जना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता ९कोभिड–१९० डा। पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।

प्रदेशमा कूल संक्रमितमध्ये हालसम्म १० जनाको मृत्यु भएको छ भने ४ सय ५८ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार, बागमती प्रदेशमा हालसम्म ११ हजार ३ सय ९ जना क्वारेन्टाइन बेर्ड व्यवस्थापनमा अहिले १ हजार ४ सय ९२ जना बस्दै आएका छन् भने १ हजार ४ सय ५८ जना होम क्वारेन्टाइनमा बस्दै आएका छन् ।

त्यस्तै, कोरोना संक्रमणको आशंकामा प्रदेशका ३६ हजार ३ सय ३६ जनाको आरडीटी र २४ हजार ९ सय जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको छ ।

यसैगरी, १ हजार ३ सय २४ वटा आइसोलेशन बेर्ड तयारी अवस्थामा रहेकोमा ३ सय १७ जना बस्दै आएको मन्त्रालयका प्रवक्ता ९कोभिड–१९० डा। सेढाईले बताए ।