मकवानपुरमा लैगिंक हिंसा बढ्दै
गुगलपाटी संवाददाताकुमारी स्याङ्बो
हेटौंडा÷ पछिल्लो समय मकवानपुरमा लैगिंक हिंसाका घटना बढ्दै गएका छन् । लैंगिक हिंसापीडितको परामर्श र उपचार गर्दै आएको हेटौंडा अस्पतालमा स्थापित एकद्धार संकट व्यवस्थापन केन्द्रले लैंगिक हिंसाको तथ्याङ्कले बढ्दै गएको देखाएको छ ।
आर्थिक वर्ष २०७६÷७७ को साउनदेखि असारसम्म ४ सय ९ लैंगिक हिंसाका घटना भएको छ । जस्मा ३ सय ८५ महिला २४ जना पुरुष पीडित भएका छन् । एकद्धार संकट व्यवस्थापन केन्द्रका कर्मचारी अस्मिता आर्यालले बलत्कार, जवरजस्ती विवाह , पितृसत्तात्मक सोच , लैगिङ विभेद, मनोवैज्ञानिक असर तथा आफन्त लगायतका कारण लैंगिक हिंसा हुदै आएको बताईन् । उक्त व्यवस्थापन केन्द्रमा ३ वर्ष देखि ९६ वर्ष उमेर समुहका महिला तथा पुरुष हिंसामा पर्दै आएको तत्थ्याङ्क पाईन्छ । लैंगिक हिंसामा परेकालाई उद्धार , परामर्श , औषधि उपचारदेखि पुनस्र्थापनासम्मको काम गर्छौ व्यवस्थापन केन्द्र हेटौडाकी अर्यालले भनिन् ।
महिला तथा पुरुषले भोगेको हिंसामध्ये ३ प्रतिशतमात्र कानुनी प्रकृयामा जाने अर्यालले जानकारी गराईन् ।
२०६८ मा स्थापित केन्द्रले घरेलु तथा यौन हिंसा पीडितको उपचार तथा परामर्शामा गोप्यरुपमा सक्दो सहयोग गर्दै आएको छ । लैगिंक हिंसामा पर्ने अधिकांश दलित तथा न्युन वर्गका महिलाहरु रहेको कार्यालयका कर्मचारी आर्यलले बताईन् । लैंगिक हिंसा लिंगका आधारमा हुने हिंसा हो । यो विश्वका धेरै समाजमा प्राचीनकाल देखि नै समस्याका रुपमा देखिदै आएको छ ।
लिंगका आधारमा हुने हिंसा भन्ने बित्तिकै महिला हिंसा भन्ने प्रचलन सामान्य जनजीवनमा भए पनि महिला वा पुरुष वा तेस्रोलिंगी भएकै आधारमा पेशा, अध्ययन , कार्यस्थल , परिवार तथा समाजमा वा कुनै पनि ठाँउमा घृणा गर्ने , कटपिट गर्ने , यौनजन्य दुराचार , डरत्रास , धम्की दिने , पारिमिक नदिने वा कम दिने , अश्लील फोटो देखाउन आदि सबै लैगिंक हिंसा हुन् । एकद्धार संकट व्यवस्थापन केन्द्रले हिंसा परेका महिलाहरुलाई उपचार गर्नको साथै मनोपरामर्श समेत दिने गरेका छन् । पीडितका मनोवल उठाउन केन्द्रका कर्मचारीहरुले काउन्सिलिङ पनि गर्ने गरेका छन् । केन्द्रमा उपचार गरेको हिंसा पीडितहरुका नाम सार्वजनिक गरिदैन र गोप्य राखिन्छ । उनीहरुले पढ्नुपर्छ , पढेपछि आत्मनिर्भर बन्न सकिन्छ र चाहे भने जे पनि गर्न सकिन्छ भन्ने सिकेकै छैनन् र जानेकै छैनन् । न त उनीहरुले सल्लाह , उत्साह र साहस पाएका छन् ।
नेपालमा गरिएका महिलासम्बन्धि अनुसन्धानलाई हेर्ने हो भने खासगरी नेपालका ग्रामीण समाजमा रहेको परम्परागत् र लैंगिक विभेदपुर्ण मान्यता नै महिला पछाडि पर्नुका कारण पाइन्छन् , जुन देशको कानुन भन्दा पनि मानिसहरु ठुला छन् । हुन त अझै पनि अधिकांश महिलाहरु आफनौ हकअधिकार र कर्तव्यबारे अनभिज्ञ नै छन् । एउटी महिलामाथि शारीरिक वा मानसिक हिंसा हुँदैछ भने पनि उनलाई सम्बन्धित ठाँउमा कसरी न्यायका लागि जानकारी दिने भन्नेसमेत ज्ञान र जानकारी नहुने उनले बताईन् । बरु हाम्रा सन्तानलाई प्रदान गर्ने कानुनभन्दा पनि माथि रहेका कुनै समाज वा व्यक्ति विशेषद्धारा सृजित मुल्य , मान्यता अझ त्यसमा पनि लैंगिक विभेदपुर्ण विचारधारालाई लक्षित गरिएको हो , जसले छोरालाई बलवान, घमण्डी , झगडालु , बलात्कारी , अन्यायी आदि बन्न सिकायो भने छोरीलाई निर्वल , शहनशील , आज्ञाकारी आदि बन्न सिकायो । पुरानो सोच,विचार चिन्तनले गर्दा महिलाहरुको हिंसाको शिकार वन्द्र आएका छन् ।