आज वर्षाको सम्भावना

गुगलपाटी संवाददाता
१४ श्रावण २०७७ ०३:५२

मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालको तराइ भूभाग नजिक मनसुनी न्यून चापीय रेखा अवस्थित छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार यस्तो छ आजको मौसमस्

दिउँसो स् देशका अधिकांश स्थानमा सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एकर दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति स् देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश २, बाग्मती, कर्णाली प्रदेशका एकर दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।