नेपालमा कोरोनाबाट मृत्यु हुने ४९ पुग्यो

गुगलपाटी संवाददाता
१४ श्रावण २०७७ ०३:५६

नेपालमा कोरोना भाइरसको  कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप एक जनाको मृत्यु भए संगै मृत्यु हुनेको संख्या ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा बझाङ जिल्ला बुङ्गल गाउँपालिकाका ६५ वर्षीय पुरुष रहेका छन् । साउन ९ गते घरमै मृत्युु भएको मन्त्रालयले जनाएको छ । दमका रोगी उनी असार २४ गते भारतबाट नेपाल आएको बताइएको छ।