प्रहरीलाई घुस दिन खोज्ने हेटौंडामा ९ जना पक्राउ

गुगलपाटी संवाददाता
१४ श्रावण २०७७ ०४:०५

हेटौंडामा प्रहरीलाई घुस दिन खोज्ने ९ वटा सवारीका चालक पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा(१५ रातोमाटामा नियम विपरित संचालनमा आएका ९ सवारी जाँच गर्ने क्रममा सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि नियन्त्रणमा लिइएको हो ।ईलाका प्रहरी कार्यालय पशुपतिनगरले घुस दिन खोज्ने ट्रक, सुमो नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ । यस बिषयमा बुझदा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक शुसिल सिंह राठौरले नियम विपरीत गलत ढंगले चलाएका सवारीलाई चेकजाँच गर्दा प्रहरीलाई प्रलोभनमा पारेर घुस दिन खोजेकोले ९ चालकलाई नियन्त्रणमा लिएको बताए। ड्युटीमा रहेको प्रहरीलाई गलत ढंगले घुस दिन खोजे र संवय प्रहरीले घुस खाए प्रहरीलाई पनि कारवाही गरिने छ – एसपी राठौरले भने ।

यसअघि वडा प्रहरी कार्यालय हेटौंडाले पनि घुस दिन खोज्ने एक सवारी चालकलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीलाई घुस दिन खोज्ने सवारी र चालकको सुचि

बा १५ च ६२३ नं। को पिक अप गाडी बाराबाट चितवन तर्फ आउदै गरेको चालक जि।काठमाण्डौं मा।न।पा १३ बस्ने बर्ष ४२ को कर्म थापाले रू। ५०० दिएको ।
बा ८ च ४३४ नं। को पिकअप गाडी बाराबाट चितवन तर्फ आउदै गरेको चालक जि। रौतहट मौलापुर न।पा ५ बस्ने बर्ष ३० को उमा शंकर साहले ३०० दिएको ।
बा ८ च ४३४ नं। को पिक अप गाडीको सह(चालक ऐ।ऐ स्थानमा बस्ने बर्ष १८ को मधु साहले रू २०० दिएको ।
ना १ ज ८६२३ नं। को सुमो गाडीको चालक जि। रौतहट, गुजरा न।पा (५ बस्ने बर्ष २३ को महमद सदरे आलमले रू ५०० दिएको ।
ना ४ च ५९४१ नं। को पिकअप गाडीको चालक जि।रौतहट मौलापुर न।पा(७ बस्ने बर्ष २१ को नितेश कुमार झाले रू। ५० दिएको ।
प्र। ३(०१(००५ ख ९२४५ नं। को बसको चालक जि।रौतहट चन्द्रपुर न।पा(२ बस्ने बर्ष ३५ को उमेश कुश्वारले रू ३०० दिएको ।
ना ५ ख ३५१५ नं। को ट्रकको चालक जि।रौतहट, चन्द्रपुर न।पा(१ बस्ने बर्ष ४० को बिर्ख ब। यसमालीले रू १०० दिएको ।
ना ४ च २३४० नं। को पिक अप गाडी चालक जि।बारा पर्सौनी गा।पा २ बस्ने बर्ष २७ को प्रमोद मुखियाले दिन खोजेको ।
ग १ ख ९७१७ नं। को बसको चालक जि।धनकुटा बेलाहारा न।पा(१६ बस्ने बर्ष ३९ को बिनोद नेपालीले रू १००० दिएको ।