मकवानपुरको मनहरीमा यसरी रोकियो बालविवाह
गुगलपाटी संवाददाता हेटौंडा,११ जेठमकवानपुर जिल्लाको मनहरि गाउँपालिका वडा नम्बर ६ प्रतापपुरमा हुन लागेको १६ वर्षिय बालिका र २७ वर्षिया युवककाको बाल बिबाह रोकिएको छ ।
सिबीन नेपाल मकवानपुरको पहलमा हुन लागेको बालबिबाह रोकिएको हो । सिबीन नेपाल मकवानपुरमा प्राप्त भएको जानकारीको आधरमा शुक्रबार सिबीन जेपाल मकवानपुरको एक टोलीm आज मनहरि पुगी हुन लागेका बालबिबाह रोकीएको हो । असार ७ गते गते बिबाह गराउने भनि केटा पक्ष र केटी पक्ष बिच गत ६ गते सहमति भएको थियो । बालिका पढाईए छाडेर घरयासी काम गरि बसिरहेको थिए । । उनी स्कुल जान छाडेका ९ महिना भइसहेको उनका अभिभावले बताए । पढाइ छाडे पटि उनका अभिभावकले बिबाहका लागी पटक पटक बालीकालाई आग्रह गरिएको थिायो । सिबीन नेपाल मकवानपुरका सम्झना अधिकारीका अनुसार दुबै पक्ष अभिभवक तथा हुन लागेका केटीकेटीलाइ राखेर छलफल गरेको थियो ।
छलफलमा बालबिबाह गर्दा हुने समस्या तथ कानुनी बाधा अड्चनकाा बारेमा प्रस्ट पारे पछि दुबै पक्ष बिच सहमति भएके हो । बालिकाले २० वर्ष पछि मात्रै बिबाह गर्ने र अरु बालबालीकाहरुलाइर्ए पनि २० वर्ष पछि मात्रै बिबाह गर्न आग्रह गरिन् । आजै बालीकालाई मनहरि ८ सिमपानिमा रहेको महेनद्र बिरण माबिमा कक्षा ९ मा सिबिन नेपाल मकवापुर ले भर्ना गरिदिएक छन । साथै उनलाई सिबीनले कापी, किताब, बिद्यालय पोषक , साथै झोलको पनि ब्यबस्था गरिएको अधिकारीले बताए । बिबाह रोक्नका लागी मनहरि गाउापािलका वडाल नम्बर ६ वडा अध्यक्ष गोपीराम मुक्तान । वडा सदस्या कृष्ण राई , प्लान नेपालका हरि भण्डारी , ब्रह्मका आधारभुत बिद्यलयका प्रधानध्यपक शिवहरि सुबेदी सिवीन नेपाल मकवानपुरका सम्झना अधिकारी लगाएतकाकाो उपस्थीती रहेको थियो