आज पनि वर्षाको ठुलो सम्भावना
गुगलपाटी संवाददाताहेटौंडाः देशभरको मौसम बिहीबार सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हेटौंडामा समेत बिहानैबाट भारि वर्षा भइरहेको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। नेपालको पूर्वि तराई भू भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ। मनसुनी वायुको प्रभावबाट हेटौंडामा दिनभर लगातार वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी प्रदेशको एकर दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
यस्तै राती बाग्मती,गण्डकी र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू९क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।