नीति तथा कानून निर्माणमा नागरिक सहभागिता संबाद कार्यक्रम सम्पन्न

गुगलपाटी संवाददाता
१५ श्रावण २०७७ १०:१६

बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कानुन निर्माणको क्षेत्रमा आफुहरुले महत्वपुर्ण काम गरेको वताउनुभएको छ । संघीय सरकारले भन्दा पनि बागमती प्रदेश सरकारले कानुन निर्माणमा अगाडी रहेको वताउनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको बागमती प्रदेश कार्यालयको आयोजनामा नीति तथा कानून निर्माणमा नागरिक सहभागिता संबाद कार्यक्रमको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले यस्तोकुरा वताउनुभएको हो ।

बागमती प्रदेशले जुन क्षेत्रको कानून निर्माण निर्माण गर्नेहो त्यही क्षेत्रका संघसंस्थालाई सहभागिता गराएर कानून निर्माण गर्ने गरेको सभामुख श्रेष्ठले वताउनुभयो । हाल सम्म प्रदेशले ५९ वटा कानून निर्माण गरिसकेको उहाँले वताउनुभयो ।

सदनमा नीति निर्माण र संबादका काम निरन्तर हुने गरेको उहाँले वताउनुभयो । अहिलेको ऐन, नियम संसोधन गर्नुपर्ने काम रहेको वताउनुभयो । कार्यक्रममा प्रदेशसभाका सदस्यहरु प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, मुख्यन्यायधिवक्ता ओम प्रकास थपलिया, इन्सेक बागमती प्रदेशका संयोजक कृष्ण गौतम लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।