लेखन सिप सम्बन्धि अन्लाईन अभिमुखिकरण
गुगलपाटी संवाददाताहेटौंडा /१६ मा अबस्थित श्री जनप्रिय माध्यमिक बिद्यालयमा १ दिने रचनात्मक लेखन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कक्षा ९ र १० का बिद्यार्थीमा रचनात्मक लेखन शैलीको बिकास गर्ने उद्देश्यका साथ कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा सहजीकरणको काम हेटौंडा क्याम्पसका उप प्राध्यापक मनोज पोख्रेल ज्युले गर्नु भएको थियो । उहाले रचनात्मक लेखन तथा यसका प्रकारका बिषयमा आफ्ना धारणा राख्दै, कसरी उत्कृष्ट रचनात्मक लेखन गर्न सकिन्छ भन्ने कुरा बिद्यार्थी माझ प्रस्तुत गर्नु भएको थियो। बन्दाबन्दीको समयमा अनलाइनबाट सन्चालन गरिएको सो कार्यक्रमले बिद्यार्थीमा लेखन शैलीको बिकास गर्ने र बिद्यार्थीलाई सिकाइमा सहजिकरण गरि लेखन शैलीको राम्रो बिकास हुने दाबी अङ्रेजी माध्यमका संयोजक कैलाश धितालको रहेको छ । अनलाइन बाट गरिएको कार्यक्रममा प्राबिधिमा ९-१२ बाली बिज्ञान बिभागका प्रमुख सुजन कंडेल र सामाजिक शिक्षक रबिन श्रेष्ठले सहयोग गर्नु भएको थियो । बिद्यालयका प्रधानाध्यापक नमराज अर्यालले उप प्राध्यापक पोख्रेललाई विशेष धन्यबाद दिदै कार्यक्रमको समापन गर्नु भएको जनप्रिय माध्यमिक बिद्यालयका शिक्षक युक्तलाल बिश्वकर्माले जानकारी गराउनु भएको छ ।