बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार १५ जना पुग्यो

गुगलपाटी संवाददाता
१८ श्रावण २०७७ १०:२१

बागमती प्रदेशमा कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको कूल संख्या ११ हजार १५ जना पुगेको छ । शनिवार प्रदेशको विभिन्न चार जिल्लामा ९ जना संक्रमित थपिएसँगै कुल संख्या ११ हजार १५ जना पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता ९कोभिड–१९० डा। पुरुषोत्तम राज सेढाईका अनुसार, शनिवार प्रदेशको काठमाडौंका ५ जना, भक्तपुरका एक जना, रामेछापका दुई जना र काभ्रेपलान्चोकका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा शनिवारसम्म काठमाडौंका ४२९ जना, ललितपुरका ९६, भक्तपुरका ५७, रसुवाका ११, नुवाकोटका ४२, धादिङका १४१, चितवनका १२३, सिन्धुलीका २४, मकवानपुरका ४७, रामेछापका ३८, दोलखाका ११, काभ्रेका २३ र सिन्धुपाल्चोकका ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा कूल कोरोना संक्रमितमध्ये हालसम्म ५३२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् भने १० जनाको दुःखद् निधन भएको मन्त्रालयले जनाएको छ ।