होम क्वारेन्टाइनमा एकजनाको मृत्यु

गुगलपाटी संवाददाता
२० श्रावण २०७७ ०७:३४

चितवनको खैरहनीमा होम क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ । खैरहनी नगरपालिका–६ स्थित एक बोरा उद्योगमा काम गर्ने ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

बाराबाट १३ दिन अगाडि चितवन आएका ती पुरुषको गएराति मृत्यु भएको हो ।

गएराति एक्कासी छाती दुखेको र त्यसपछि ढल्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीसँगै बाराबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएका अन्य ५ जनामा हालसम्म कुनै समस्या देखिएको छैन ।

मृतक पुरुषको स्वाब संकलन गरी पीसीआर परीक्षणको लागि तयारी गरिएको जनाएको छ ।

मृतक पुरुष कलैया नगरपालिकाका स्थायी बासिन्दा हुन् ।