मकवानपुरमा ४९ जना पुग्यो कोरोना संक्रमित
गुगलपाटी संवाददातामकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या ४९ जना पुगेको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाइका अनुसार मकवानपुर जिल्लामा कोरोना संक्रमितको सख्या ४९ जना पुगेको हो । बिशेषगरी सवैजसो कोरोना संक्रमित बिदेशबाट घर फर्किएकाहरु रहेका छन् ।
बिदेशबाट नफर्किकन स्थानीय स्तरमा रहेका केही जना मात्र रहेका छन् । भारत लगायतका बिभीन्न देशबाट नेपाल फर्किएकाहरुमा कोरोना पुष्टि भएको छ । सबैभन्दा धेरै काठमाण्डौ जिल्लामा ५ सय ४२ जनामा कोरोना भाइरस देखा परेको छ । बागमती प्रदेशका १३ जिल्ला मध्यमा सवैभन्दा कम रसुवा जिल्लामा कोरोना संक्रमित देखा परेको मन्त्रालयले जनाएको छ । धादिङ जिल्लामा एक सय २६ जना, ललितपुर जिल्लामा एक सय ८ जनामा कोरोना भाइरस पुष्टि भएको डाक्टर सेढाईले जानकारी दिनुभयो ।
बागमती प्रदेशमा हिजो एक दिनमा ६७ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।
काठमाण्डौ उपत्यका छिर्ने नाकामा कोरोना परिक्षण गर्न थालिएपछी संक्रमित थपीएका हुन् । हाल सम्म बागमती प्रदेशमा १ हजार २ सय ६९ जनामा कोरोना भाइरस ९कोभिड १९० को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् ।