मकवानपुर गढीका एकजना पुरुषमा कोरोना पुष्टि
गुगलपाटी संवाददातामकवानपुरगढी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ मा गरी दुइजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ भालुखोलाका ७० वर्षिय बृद्ध र हेटौंडा ९ की ४६ वर्षिय महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
मकवानपुर गढीमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि हेटौंडा र अरु स्थानीय तहमा कोरोना संक्रमण देखिए पनि गढीमा भने कोरोना देखिएको थिएन । तर, गढीमा देखिएका बृद्ध बिदेशबाट आएको नभइकन स्थानीय स्तरमा रहेर वस्दै आएका बृद्धामा कोरोना देखिएको हो ।
हिजो हेटौंडाको टिसीएनरोडमा एकै घरका दुइजनामा देखिएका कोरोनाका संक्रमित पनि स्थानीय स्तरमानै देखिएको स्वास्थ्यकर्मीहरुले वताएका छन् । यस्ता अवस्थामा सचेत रहन र सावधानी अपनाएर मात्र हिडडुल गर्नका लागि आग्रह गरिएको छ ।
आज संक्रमण पुस्टि भएका दुबैको स्वास्थ्य अवस्था सामान्य समस्या रहेको छ । संक्रमण पुस्टि भएसंगै दुवै संक्रमितलाई अहिले नै यस आईसोलेसन वार्डमा ल्याउने तयारी रहेको छ । यी सेवाग्राहीलाई आईसोलेसन वार्डमा सेवा दिदा संक्रमितको संख्या ३६ जना पुगेको र उनको संक्रमण पुस्टि हुँदा जिल्लाबासीको रुपमा गणना गर्दा हालसम्म मकवानपुरका ५१ जना संक्रमित संख्या कायम रहेको छ भने ७ जनालाई यस अघि नै यस वार्डमा आईसोलेट गरि राखिएको छ । अन्य २७ जना भने यस अघि नै नेगेटिभ रिपोर्ट आई डिस्चार्ज भईसकेका छन् । हेटौडा उपमहानगरपालिकामा संक्रमित हुनेको संख्या १९ पुगेको छ ।