आजबाट सवारी साधनमा जोरबिजोर लागु

गुगलपाटी संवाददाता
२२ श्रावण २०७७ ०८:१७

 आजबाट सार्वजनिक तथा निजी सवारी साधनमा जोर–बिजोर लागु भएको छ ।

कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिँदै गएपछि सरकारले फेरि जोरबिजोरको आधारमा सवारी साधन सन्चालन गर्ने निर्णय गरेको हो ।

गृहमन्त्रालयका अनुसार, दुई सय जना भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाहरुमा आजबाट जोर–बिजोर लागु गरिएको छ ।

आज साउन २२ गते जोर गते रहेकाले जोर नम्बर प्लेट भएका सवारी साधनमात्र चल्न पाउने छन् । सवारी साधनको नम्बर प्लेट र गतेको अन्तिमको अंकको आधारमा जोर–बिजोर छुट्याइन्छ ।

दुई सय जनाभन्दा बढी कोरोना संक्रमित भएका जिल्लाका शहरी क्षेत्रमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ ।