कोरोनाको कारण मृतकको संख्या ६५ पुग्यो
गुगलपाटी संवाददाताबिहीवार नेपालमा कोरोनाभाइरसका कारण पाँच जनाको मृत्यू भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार अपराह्ण दिएको छ।
एकै दिन पुष्टि भएको यो सर्वाधिक सङ्ख्यामा मृत्यु हो। यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ६५ पुगेको छ।
नेपालका विभिन्न स्थानमा थप ३६० जनामा कोभिड(१९ पुष्टि भएको छ।
यो वृद्धिसँगै अहिलेसम्म देशभरि सङ्क्रमितको कुल सङ्ख्या २१,७५० पुगेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले काठमाण्डूमा आयोजित दैनिक प्रेस ब्रीफिङमा बताए।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या ६,२९६ छ।
बिहीवार पुष्टि भएका पाँच मृतकहरू यस प्रकार छन् :
१। मोरङ्गको रङ्गेली नगरपालिकाका ४५ वर्षीय पुरुषको बुधवार कोशी अस्पतालमा ज्वरो र श्वासप्रश्वासमा समस्या भई ल्याउँदा मृत्यु भएको हो।
२। मोरङ्गकै विराटनगर महानगरपालिकाका मधुमेह तथा मिर्गौलाको दीर्घरोगी ४५ वर्षीय पुरुषको बुधवार मृत्यु भएको र मृत्युपछि परीक्षणमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हो।
३। सर्लाही जिल्ला मलंगवा नगरपालिकाका ६५ वर्षीया महिलाको काठमाण्डूमा बुधवार मृत्यु भएको हो। उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो।
४। धनुषाको जिल्ला मिथिला नगरपालिकाका ७२ वर्षीया महिलाको काठमाण्डूमा गत शनिवार मृत्यु भएको थियो। उनमा दम, उच्च रक्तचाप र मधुमेहको बिरामी रहेकी बताइएको छ।
५। सप्तरी जिल्लाको रुपनि नगरपालिकाकी ४२ वर्षीय पुरुषको बुधवार राजविराजबाट धरान थप उपचारका लागि लग्दै गर्दा मृत्यु भएको हो। उनी डेढ महिना पहिले मलेशियाबाट फर्केको र घरमै क्वारन्टीनमा बसेको बताइएको छ।
अरू तथ्याङ्क
विगत २४ घण्टामा पीसीआर विधिबाट ६,६२२ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।
सो अवधिमा २३३जना निको भएका छन् भने भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १५,००० नाघेको छ।
अहिलेसम्म गरिएको पीसीआर परीक्षणको सङ्ख्या चार लाख नाघेको छ।
अहिले देशभरि विभिन्न स्थानमा ९,४७० मानिसहरू क्वारन्टीनमा छन्।