बकैया गाउँपालिकाका २ जनामा कोरोना पुष्टि
गुगलपाटी संवाददाता२९ श्रावण २०७७ १३:४९
मकवानपुर स्थित बकैया गाउँपालिका वडा नंबर ४ का थप २ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
साउन २५ गते पुष्टि भएका २३ जना मध्ये एक जना बकैया गाउँपालिका वडा नंबर ४ की एक महिला रहेकी थिईन । आज पुष्टि हुने ३७ जनामा २ जना बकैया ४ की संक्रमित महिलाको परिपवारको सदस्य रहेको हेटौंडा स्थित कर्रा आईसोलेसन वार्डका प्रमुख भोला प्रसाद चौलागाईले बताए ।