आजको मौसम

गुगलपाटी संवाददाता
३० श्रावण २०७७ ०३:०७

मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनी न्युनचापीय रेखा हाल दक्षिण पश्‍चिम भेगमा नेपाल नजिक अवस्थित छ ।

हाल देशभर समान्य बदली रही, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्‍चिम प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको छ।

यस्तो छ आजको मौसम

साउन ३० गते (शुक्रबार)

दिउँसो ः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मति प्रदेश,गण्डकी प्रदेश ,प्रदेश नं ५ , र कर्णाली प्रदेशका १–२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती ः देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ ,बाग्मति प्रदेश , प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।