नेकपा बिप्लवका न्यायीक इन्चार्जले गरे पार्टी परित्याग
गुगलपाटी संवाददाता हेटौंडा
हेटौंडा/ नेकपा बिप्लव माओवादीको मकवानपुरगढी गाउँपालिकाका न्यायीक इन्चार्ज नेत्र प्रसाद गौतमले पार्टी परित्याग गरेका छन ।
हेटौंडा १८ निवासी ५९ गौतमले एक प्रेस बिज्ञप्ती जारी गर्दै उक्त पार्टी परित्याग गरी स्वतन्त्र जीवन बिताउने बताएका छन् । बिप्लव समुहमा आबद्ध भएपछि उनलाई मकवानपुर प्रहरीले पक्राउ गरेको थियो । पार्टी परित्याग गरेपछि जिल्ला प्रशासन कार्यालयले उनलाई रिहा गरिदिएको छ ।