बेसार पानी र गुर्जो उपयोगी :-पराजुली

गुगलपाटी संवाददाता
१६ भाद्र २०७७ ०९:०४

कोरोना संक्रमणमा परेकाहरुको लागि नियमित बेसार पानी तथा गुर्जो सेवन उपयोगी हुने नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिकाका सभापति आनन्दराम पराजुलीले बताएका छन् ।कोरोना संक्रमण मुक्त भएपछि आज मकवानपुरका पत्रकारहरुसँगल भर्जुअल मिटङि मार्फत कुराकानी गर्दै सभापति कोइरालले भने मैलाई पनि सुरुसुरुमा बेसार पानी र गुर्जोको कुरा हैनकि भन्ने लागेको थियो, तर संक्रमण भएपछि नियमित सेवन गरे, यो साच्चै उपयोगी हुने रहेछ । उनले यस्ताखाले जडिबुटी सेवने शरिरलाई निकै सहज अनुभुति गराउने समेत आफुले अनुभव हाँसिल गरेको बताए । उनले बेसारपानी तथा गुर्जोको सेवन अन्य मानिसहरुले पनि नियमित गर्दा समेत फरक नहुने महशुस गरेको धारणा ब्यक्त गरे ।

कोरोना संक्रमण भएपछि आफुमा कुनैपनि लक्ष्यण देखा नपरेको भन्दै उनले अरुबेला जस्तै नियमित खाना खाएको र गुर्जो र बेसारपानीको सेवन नियमित गरेको बताए । घरमै बसेर पनि खानपान, झोलीलो पदार्थमा ध्यान दिनको लागि उनले अन्य संक्रमित र आम मानिसलाई समेत भनेका छन् ।

स्थानीय तहले होम आइसोलेसनमा हुनेहरुलाई वेवास्ता गरेको भन्दै उनले दुख समेत ब्यक्त गरे । आफुहरुले भनेपछि हेटौँडा उपमहानगरका केहि जनप्रतिनिधि केहि संक्रमितको घरमा गएको भन्दै उनले यस्तो विषयमा स्थानीय तह जिम्मेवार हुनुपर्ने धारणा ब्यक्त गरे । आफु संक्रमित भएपछि होम आइसोलेसनमा बसेका र संक्रमण अवधिभर कुनै पनि डाक्टरहरुले सम्पर्क नगरेको तथा कुनै औषधि समेत सेवन नगरेको बताए । उनले संक्रमणको समयमा आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुलाई धन्यवाद समेत दिएका छन् ।