कोरोना संक्रमितलाई मित्रता केन्द्रको स्टिमर उपहार

गुगलपाटी संवाददाता हेटौंडा
१९ भाद्र २०७७ ०३:१४

पुष्पलाल मित्रता केन्द्रले घर घरमा पुगेर मकवानपुरका कोरोना संक्रमितलाई स्टिमर सहयोग गरेको छ । संक्रमणको समयमा बेला बेलामा तातोपानीको बाफ लिन आवश्यक रहने भएकाले केन्द्रलको सक्रियतामा स्टिमर मेसिन घरघरमा पुर्याएको केन्द्रका अध्यक्ष मदन दाहालले बताए ।
सक्रिय कोरोना संक्रमितका लागि केन्द्रको सक्रियतामा अन्य सस्था र व्यवक्तिको सहयोगमा मेसिन प्रदान गरिएको उनले जानकारी दिए । होम आइसोलेसनमा रहने ६० बर्ष उमेर समुह माथिका बृद्ध बृद्धालाई लक्षित गरी बाफ लिनका लागि सहज होस भन्ने उद्देश्यले मेसिन हस्तान्तरण गरेको केन्द्रका केन्द्रीय सदस्य रामकुमार एलनले बताए ।

‘अहिले २५ वटा मेसिन ल्याएका छौं, त्यहि अनुसार संक्रमितको पहिचान गरी बितरण गर्ने छौं’, उनले भने, ‘अहिले उपमहानगरमा रहेका बढि उमेरका संक्रमित पहिचान गरी बितरण गछौं पछि आवश्यक भएका अरुलाई पनि बितरण गर्ने योजना छ ।’
पहिलो चरणका हेटौंडा १७ का वडा अध्यक्ष भैरबकुमार राईलाई उपहार दिइएको थियो । उनलाई नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले स्टिमर मेसिन हस्तानतरण गरेकी हुन् । केन्द्रले हेटौंडा १७ राजदेबी, ५ लक्ष्मिनारायण र हेटौंडा ४ का संक्रमितलाई बिहीबार बाढिएको अध्यक्ष दाहालले जानकारी दिए । अभियानलाई निरन्तरता दिने उनले बताए ।

केन्द्रले प्रतिगोटा १ हजार ५ सयको लागतमा स्टिमर खरीद गरी बितरण थालेको बताइएको छ । स्टिमर बितरणको लागि हेटौंडा उपमहानगरका उपमेयर मिनाकुमारी लामा, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुडासैननी, पुष्पराल मित्रता केन्द्रका केन्द्रीय सदस्य रामकुमार एलन, नेकपाका नेता इश्वर ढुङ्गाना लगाएत सहभागि थिए ।