विद्यालयकै अङ्कमा एस.इ.इ. नतिजा प्रकाशित

गुगलपाटी संवाददाता
२३ भाद्र २०७७ ०५:१४

हेटौंडाः मकवानपुर जिल्लाबाट यस वर्ष एस.इ.इ. परीक्षा दिने विद्यार्थीको संख्या ६२ सय १८ जना रहेका थिए । जसमा पढ्न योग्य भएका विद्यार्थीहरु सबै विद्यालयले पास गरेको छ । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका अनुसार परीक्षा दिनेमा २९ सय ३२ जना छात्र र ३२ सय ८६ जना छात्रा रहेको थिए । शिक्षा विकास इकाईको तथ्याङ्कमा गत वर्षको कक्षा ९मा ७ हजार २ सय ६७ जना विद्यार्थीले फारम भरेका थिए । गतवर्ष ९ कक्षामा फारम भरेर वार्षिक परीक्षामा उत्तिर्ण भई कक्षा १० मा पुगेका विद्यार्थीले यसवर्ष एस.इ.इ. दिएको शिक्षा विकास तथा समन्वय समितीका प्रमुख लिलानाथ गौतमले बताए । मकवानपुर जिल्लामा सामुदायिक विद्यालय ९३ र संस्थागत विद्यालय ३९ गरि कुल १ सय ३२ वटा माध्यमिक विद्यालय रहेको छ ।
त्यसैगरि मकवानपुर जिल्ला भित्र ग्रेड वृद्धिका लागि ४५ जना परीक्षा दिएका छन् । चैत्र ७ गतेबाट सुरु हुने एस.इ.इ. परीक्षा सरकारले स्थगित गरेका थिए । परीक्षा नै नलिईकन विद्यालयले पठाएको नम्बरको आधारमा नतिजा सार्वजनिक गरेको प्रमुख गौतमको भनाई छ । पहिलाको तुलनामा यसपाली मकवानपुरमा राम्रो नतिजा धेरै रहेका छन् । केही विद्यालयलाई भने नतिजा सच्याउन पनि लगाएका छन् । सबै विद्यार्थीले ११÷१२ अध्ययन गर्न पाउने बाटो खुलोस भन्ने अङ्क दिएको गौतमले बताए ।
लकडाउनले विद्यालय तर्फको औपचारिक तर्फमा निकै प्रभावकारी भएको छ । पहिलो लकडाउनमा वैकल्पिक रुपमा शैक्षिक अध्ययन भए पनि खासै उपलब्धि नभएको उनले भने । शिक्षक, अभिभावक, विद्यार्थी सबै चिन्तित रहेकाले अहिले भएको निति नियम अनुसार विद्यालयमा नै गएर अध्ययनलाई अगाडी बढ्नुपर्ने शिक्षा समन्वय इकाईले जनाइएको छ ।
कार्यविधि बनेपछि विद्यालयहरुले शिक्षा विकास तथा समन्वय इकाई पठाएको ग्रेड प्रमाणित भएको र बोर्डले त्यसलाई प्रकाशन गरेको बताइएको छ । राक्स्रिाराङ् गाउँपालिका ३ श्री सुर्योदय मावीका प्रधानाध्यापक दिपक कार्की भन्छन्, विद्यार्थीलाई विद्यालयमा बोलाएर अन्य खाले परीक्षा लिने अवस्था छैन । त्यसैले अनुमान धेरै सामु अनुमान वा औषत् अङ्क राख्नेबाहेक अर्को उपाय थिएन । यसबाट धेरैका अभिभावकबाट अङ्क दिनका लागि दबाव समेत आएको कार्कीले बताउँछन् । शिक्षकलाई विश्वास गर्नुभन्दा बाहेकको अनुगमन गर्ने भरपर्दो उपाय थिएन । पहिले हामीले विद्यालय तहको अन्तिम परीक्षा भनेर कक्षा १० को परीक्षालाई निकै जटिल बनाएका थियौ । अब त्यसलाई सरल आँखाबाट हेर्नु आवश्यक छ ।
त्यस्तै बालबोध मावी हेटौंडा १७ मा एस.इ.इ दिने विद्यार्थी ४५ जना रहेका थिए । जसमा केटा २८ र केटी १७ जना थिए । अधिकाशंश विद्यार्थी सपास भएका छन् । टेस्ट र नियमित कक्षामा उपस्थितीको आधारमा मुल्याङ्कन गरि नतिजा प्रकाशित गरेको शिक्षक शिभ कार्कीले बताए ।