हेटौंडामा २१ हजार ६५१ जनाको कोरोना परिक्षण

गुगलपाटी संवाददाता
२४ भाद्र २०७७ ०७:५१

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को प्रयोगशालामा हाल सम्म २१ हजार ६ सय ५१ जनाको कोरोना परिक्षणका लागि नमुना प्राप्त भएको छ ।

नमुना प्राप्त भएका मध्य धेरै जसोको कोरोना परिक्षण गरिएको छ । पछील्लो समय मकवानपुर सहित बिभीन्न जिल्लाबाट यहाँको प्रयोगशालामा कोरोना जाँच गर्न धेरै चाप भएपछी नमुना हेटौंडाको प्रयोगशालामा ल्याएर जााच् गर्ने चरणमा रहेको छ ।

हाल सम्म कोरोना परिक्षण गरिएका मध्यमा मकवानपुर र तराइका जिल्लाबाट परिक्षणका लागि ल्याइएका नमुनामा रहेका छन् । संक्रमितहरु अधिकांश मकवानपुर, तराइको बारा, पर्षा र रौतहटका छन् । पछील्लो समय मकवानपुरको हेटौंडा र गाउँपालिका क्षेत्रका नागरिकको पनि स्वाव परिक्षण गर्न ल्याउनेक्रम वढेको छ । परिक्षणका क्रममा संक्रमित पनि धेरै भेटीएका छन् ।

कोरोनाको माहामारी सुरु भएदेखि हाल सम्म हेटौंडाको बागमती प्रादेशीक ल्यावमा २१ हजार जना भन्दा वढीको कोरोना जाँच गरिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । यहाँको ल्यावमा कोरोना जाँच गराउनेको धेरै चाप वढेको छ ।

प्रयोगशालामा देखिएका केही प्राविधिक समस्या र स्वाब संकलन धेरै भएर पालो पर्खनुपर्ने बाध्यता पनि छ । हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा पीसीआर परिक्षण गराउन आउनेहरुको पनि निकै चाप वढेको छ । पछील्ला दिनहरुमा बिदेशबाट फर्कने, कोरोना संक्रमित व्यक्ति नजिक भएकाहरुको चाप निके वढेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

आइसोलेसनमा रहेर पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ प्राप्त भएपछी मात्र डिस्चार्ज गर्ने गरिएको छ । हेटौंडाको ल्यावमा निरन्तर रुपमा कोरोना भाइरसको संका लागेका विरामीको स्वाब परिक्षण गरिदै आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर सेढाईले वताउनुभयो ।

बितेको चैतमै ल्याव सञ्चालनमा ल्याएर निरन्तर रुपमा कोरोना परिक्षण गरिदै आएको छ । हेटौंडाको ल्यावमा मकवानपुर, बारा, पर्षा, रौतहट, धादिङ, सिंधुली, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ । हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा कोरोनाको संका लागेका विरामीहरुको पनि कोरोना परिक्षण गरिदै आएको छ । बिदेशबाट फर्किएका र कोरोना संक्रमितको नजिक रहेकाहरुको स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ ।