आज देशभर वर्षाको सम्भावना

गुगलपाटी संवाददाता
२ आश्विन २०७७ ०५:०४

आज (शुक्रबार) पनि मौसम बदली भई देशका धेरैजसो स्थानमा बर्षा हुने मौसमविदले बताएका छन् ।

नेपालमा केहि दिन मनसुन लम्बिएको बताउँदै मौसमविदले हेटौंडामा गएरातिबाट पानि परिरहेको र देशका कतिपय स्थानमा विहानैदेखि पानी परिरहेको जानकारी दिएका छन् । महाशाखाका अनुसार वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ ।

आज देशका थोरै ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउँदै सुरक्षित स्थानमा बस्न मौसमविद्ले आग्रह गरेका छन् ।

प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश–५ का एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी आउने र पहाडी क्षेत्रमा पहिरो खस्ने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।

महाशाखाका अनुसार आज देशभरि सामान्य बद्ली रही केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना छ । प्रदेश–१, प्रदेश–२, वाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश–५ का एक–दुई ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना छ ।

यसैगरी राति पनि देशभरिकै मौसम सामान्य बद्ली भएर केही ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने र गण्डकी प्रदेश, प्रदेश–५, र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले भने देशभरिकै मौसम बद्ली भएर प्रदेश ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको छ ।