मकवानपुरमा १३ सय २५ जनामा कोरोना पुष्टि
गुगलपाटी संवाददातामकवानपुर जिल्लामा कुल ९ हजार ४ सय ७२ जनाको कोरोना भाइरसं संक्रमण भए नभएको छुट्याउनका लागि पीसीआर जाँच गरिएको छ । जाँच गरिएका मध्यमा कोरोना भाइरस संक्रमितको सख्या एक हजार ३ सय २५ जना पुगेको छ । तर पहिलेको तुलनामा मकवानपुर जिल्लामा कोरोना संक्रमण दर भने कम हुँदै गएको छ । पहिलेको तुलनामा कोरोना संक्रमित कमै मात्र देखिन थालेका छन् ।
मकवानपुरका दश वटै स्थानीय तहका बजार खुलेपनि संक्रमण दर भने कम भएको तर, सचेत रहनका लागि उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । आफ्ना नियमित काम गर्दा स्वास्थ्य सुरक्षाका सामाग्री प्रयोग गरेर भौतिक दुरी कायम गर्दै नियमित काम गर्न मेयर महतले आग्रह गर्नुभयो । संक्रमित मध्यमा सबै भन्दा धेरै हेटौंडामा देखा परेका छन् ।
मकवानपुरमा बिदेशबाट फर्किएकाहरु र यही रहेकाहरुमा कोरोनाको लक्षण देखापरेपछी पीसीआर जाँचको कामलाई तिव्रता दिइएको छ । कुनैपनि क्षेत्रका व्यक्तिमा कोरोनाको संका लागेकाहरुका जाँचको काम भने तिव्र भइरहेको छ ।
पछील्लो समयमा शहर बजार क्षेत्रमा कोरोना संक्रमित धेरै देखिन थालेको र मकवानपुरमा पनि संक्रमितको सख्या १३ सय २५ जना पुगेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।
पहिले कोरोना जाँच गरिएपनि धेरैजसोको रिपोर्ट नेगेटिभ प्राप्त भएपनि अहिले भने पोजेटिभ देखिन थालेको छ । हेटौंडाको मुख्य बजार क्षेत्रका बिभीन्न वडाका टोलटोलमा कोरोना भाइरस संक्रमित देखिएका छन् ।
घना वस्ती भएका क्षेत्र र मुख्य वजार क्षेत्रमा धेरै संक्रमित देखा परेका हुन् । बजारको तुलनामा मकवानपुरका अरु नौ वटा स्थानीय तहमा अत्यन्त कम मात्र संक्रमित देखा परेका छन् ।