अनलाइन शिक्षा प्रभावकारी बनेन

गुगलपाटी संवाददाता
१२ आश्विन २०७७ ०६:५६

कुमारी स्याङ्बो

हेटौंडाः कोरोना भाइरसको संकटको बेला भौतिक कक्षाको विकल्पका रुपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षाजस्तो प्रभावकारी पहुँच हुन सकेको छैन । सामुदायिक लगायत धेरै विद्यालयमा अनलाइन कक्षा प्रारम्भ नै हुन सकेको छैन भने निजी क्षेत्रमा पनि विद्यार्थीको उपस्थिति राम्रो छैन ।

खासगरि सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी अझै सम्पर्कमा आउनै सकेका छैनन् भने सरकारी विद्यालयका शिक्षकले अध्यापनमा जाँगर देखाउन सकेका छैनन् । निजी विद्यालयका शिक्षकले चैत्र यता तलब नपाए पनि अध्यापन भने गरिरहेका छन् ।

हेटौंडा स्थित हटिया ४ मा रहेको श्रमिक माध्यमिक विद्यालयमा लकडाउन सुरु भएको केही महिना लगत्तैदेखि कक्षा ८ देखि माथिल्लो कक्षामा अनलाइनबाट पढाउन थालिएको छ । त्यसमा ६५ प्रतिशत जति विद्यार्र्थीको उपस्थिति हुने गरेको विद्यालयका प्रधानाध्यापक रमेश रिजालले जानकारी दिए । त्यस्तै हाल कक्षा ३ बाट ८ कक्षा सम्म पनि अनलाइन कक्षा भइरहेको छ । विद्यार्थीको उपस्थिती भने २५ प्रतिशत मात्र रहेको रिजालले बताए । धेरै विद्यार्र्थीसित इन्टरनेट सुविधा छैन, कतिपय सित मोबाइल, ल्यापटप छैन, कति विद्यार्र्थीको घरमा एकभन्दा बढी विद्यार्र्थी हुुँदा अनलाइन कक्षाको समय जुध्ने गरेका कारण अनलाइन कक्षामा विद्यार्र्थीको सहभागितामा वृद्धि हुन नसकेको जनाइएको छ ।

त्यसभन्दा मुनिको कक्षामा अनलाइन कक्षा सञ्चालन गर्न नसकिएको र ती विद्यार्र्थीले रेडियो तथा टेलिभिजनबाट सिकाइलाई निरन्तरता दिएको उनको भनाइ छ । बल्ल कक्षा २ बाट तल्लो तहका विद्यार्र्थीलाई पनि अनलाइन कक्षा सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ । विद्यालयले सिकाई केन्द्र बनाए घरघरमा गएर पढाउन थालेका छन् । हाल सम्म विद्यालयमा अन्दाजी ५ सय जना जति विद्यार्थीको भर्ना भएको छ । नेटको व्यवस्था नभएका विद्यार्थीहरुलाई पनि घरघरमा गएर अध्ययन अगाडी बढाउने विद्यालयले जनाइएको छ ।

हेटौंडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले कक्षा १०, ११ र १२ मा अनलाइन कक्षा सुरु गरेको हो । तर विद्यार्र्थीहरुको न्यून सहभागिता रहेको विद्यालयले जनाइएको छ । विद्यालयका मोहन प्रसाद शर्मा प्रधानाध्यापकले सरकारी निर्देशन अनुसार अनलाइन कक्षा सुरु गरे पनि विद्यार्र्थी र अभिभावकहरुसँग स्मार्ट फोन नरहेकोले अनलाइन कक्षामा पहुँच प¥ुर्याउनै चुनौति खेप्नु परेको अनुभव सुनाए । सरकारी विद्यालय भएकोले सिद्धार्थमा अति विपन्न परिवारका बच्चाहरु काम गर्दै अध्ययन गर्छन् ।
कुल विद्यार्र्थी मध्ये ८० प्रतिशत विद्यार्थीहरु सरकारी स्कुलमै पढ्छन् । निम्न आय भएका विद्यार्र्थीहरु सरकारीमा अध्ययन गर्छन् । टाढाबाट विद्यालयमा आउने भएकाले न त नेटनै पुगेको छ नत विद्यार्र्थीसँग आधुनिक मोवाइल नै छ । यस्तो अवस्थामा अनलाइन शिक्षा प्रभावकारी हुन्छ त ?

‘मैले अनलाइन कक्षा सुरु त गरे जुम एप्स, म्यासेन्जरलगाएतका माध्यम समेत प्रयोग गरे तर हाम्रा विद्यार्र्थीसँग एक छाक खाना खान मुस्किल छ, प्रधानाध्यापक शर्माले अनुभव सुनाए । ३ सय ८० रुपैयामा २८ दिनको नेट चल्छ । यति रुपियाँमा हाम्रा विद्यार्र्थीले खाजा खान्छन् । हामीले सुरु गरेको अनलाइन कक्षामा ७० प्रतिशत विद्यार्र्थीको मात्र सहभागिता रहेको छ ।’ उनले भने ‘शहरी क्षेत्रमा यस्तो समस्या छ भने दुर्गममा त झन नेट, मोवाइलकै समस्या छ । अनलाइन कक्षाले शिक्षामा ठूलो खाडाल पो ल्याउने हो कि चिन्ता पो हुन थालेको छ । किन भने हाम्रै स्कुलमा पनि एउटै कक्षाकै विद्यार्र्थीबीच कोहि अघि बढ्ने अनलाइन पहुँच नभएका पछि पर्ने देखियो ।’ यति मात्र होइन उनले स्कुलले अनलाइन भर्नाको लागि फारम अनलाइनमा राखे पनि अभिभावकहरुले भर्ना नजानेकै कारण एउटा पनि फारम नभरेको जनाए । हाल सिद्धार्थ मावीमा नर्सरीबाट १० कक्षा सम्ममा लगभग ३ सय जना विद्यार्थीको भर्ना भएको छ भने ११ कक्षामा १९ जना जतिको भर्ना भएको प्रधानाध्यापक शर्माको भनाई छ । ।