बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २९ हजार बढि
गुगलपाटी संवाददाताबागमती प्रदेशमा कोरोना भाइरस कोभिड–१९ संक्रमितको संख्या साढे २९ हजार नाघेको छ । प्रदेशमा बुधबार थप १ हजार ४६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २९ हजार नाघेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या २९ हजार ५४५ जना पुगेको छ ।
हालसम्म प्रदेशको काठमाडौंमा १९ हजार ५७६, ललितपुरमा २ हजार ४६०, भक्तपुरमा २ हजार १२४, रसुवामा २१, नुवाकोटमा १७४, धादिङमा ४५४, चितवनमा २ हजार १५९, सिन्धुलीमा १४४, मकवानपुरमा १ हजार ४२४, रामेछापमा १६१, दोलखामा १३२, काभ्रेमा ५४६ र सिन्धुपाल्चोकमा १७० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता ९कोभिड–१९० डा। पुरुषोत्तम राज सेढाईले जानकारी दिए ।
प्रदेशमा कूल कोरोना संक्रमितमध्ये हालसम्म १५ हजार ७०५ जना संक्रमण मुक्त भएका छन् । यसअघि १५ हजार ३११ जना संक्रमण मुक्त भएका थिए ।
त्यस्तै, प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट १८७ जनाको निधन भएको छ । मंगलबार थप ३ जनाको निधन भएसँगै संक्रमणबाट निधन हुनेको संख्या १८७ जना पुगेको हो ।
मन्त्रालयका अनुसार, हाल प्रदेशमा ३ हजार ६२५ जना आइसोलेशनमा, ५०९जना क्वारेन्टाइनमा र १ हजार ४४८ जना होम क्वारेन्टाइनमा बस्दै आएका छन् ।
प्रदेशमा हालसम्म कोरोना संक्रमणको आशंकामा ८९ हजार ४८५ जनाको पीसीआर विधिबाट नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।