भिमफेदी–कुलेखानी सडकमार्गः स्वर्ग जानेकी काठमाडौं ?
गुगलपाटी संवाददाताकुमारी स्याङ्बो
हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडा काठमाडौं छोटो मार्ग अन्तर्गत पर्ने भिमफेदी कुलेखानी सडक खण्डमा सवारी दुर्घटना बढ्दो अवस्थामा छ । उक्त सकडखण्ड स्वर्ग जाने बाटो जस्तै भएको छ । सवारी साधनहरु तिव्र गतिमा गुड्ने भएकाले दुर्घटना हुन सक्ने सम्भावना बढि रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रकाश पाण्डेले बताए । पछिल्लो तिन वर्षमा उक्त सडकमा ३ सय ४५ सवारी दुर्घटना भएको छ भने २ सयले ज्यान गुमाएका छन् ।
चालकको लापरवाही वा यान्त्रिक गढबढीका कारण पनि दुर्घटना हुन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । उक्त ठाँउमा सडक निर्माण कार्य जारी रहेको र सडक मार्ग साँघुरो रहेको भएर बढि दुर्घटना हुने गरेको हो । सवारी चालकहरुमा पुर्णरुपमा योग्यता नभएकाले दुर्टना हुने गर्दछ ।
वर्षेनी बढ्दै दुर्घटना, भदौमा मात्रै ८ वटा
कुलेखानी भिमफेदी सडक खण्डमा आ.व. २०७४÷०७५ मा ६८ वटा दुर्घटना भई ५८ जनाले ज्यान गुमाएको छ । जसमा पुरुष ४३ जना, महिला १०, बालक ४ जना र बालिका १ जना रहेको प्रहरी निरिक्षक पाण्डेले जिकिर गरे । गम्भिर घाइतेमा पुरुष १७ जना, महिला १२, बालक ३ जना र बालिका २ जना गरि ३५ जना रहेका छन् । ट्रक २७ वटा, बस ९ वटा, कार, जिव वा सुमो ६ वटा, मोटरसाइकल ३२ वटा, ट्याक्टर १३ वटा, टेम्पो वा अटो ३ वटा, अन्य ४ वटा गरि ९४ वटा सवारी दुर्घटना भएका छन् ।
त्यस्तै आव २०७५÷०७६ मा दुर्घटना संख्या १ सय ९ रहेको छ । मृत्यु हुनेहरुमा पुरुष ४६ जना, महिला ५ जना, बालक १ जना र बालिका १ जना गरि जम्मा ५३ जना रहेको ट्राफिक प्रहरी कार्यालयले जनाइएको छ । गम्भिर घाइतेहरुमा पुरुष ७९, महिला ८, बालक ३ र बालिका ६ जना गरि ९६ जना रहेका छन् ।
आव ०७६÷७७ मा १ सय २० वटा दुर्घटना भएको छ । पुरुष ५८ जना, महिला ८ जना, बालक १ जना र बालिका २ जना गरि ६९ जनाले ज्यान गुमाएका छन् । ९४ जना गम्भिर घाइते भएको छ । जसमा पुरुष ६३ जना, महिला १० जना, बालक ७ जना र कालिका ४ जना रहेको छ । पाण्डेका अनुसार पुरुषहरु धेरै मात्रमा यात्रा गर्ने क्रममा मोटरसाइकलमा आवातजावत गर्ने भएकाले दुर्घटनामा परि मृत्यु हुने संख्या पुरुष बढि रहेको देखिन्छ ।
चालु आर्थिक वर्ष ०७७÷७८ को साउन महिनामा १७ वटा दुर्घटना भएका छन् । जसमा ७ जना पुरुषको मात्र मृत्य भएको पाण्डेले बताए । गम्भिर घाइते हुनेमा ११ जना पुरुष, महिला १ जना र बालिका १ जना रहेका छन् । ट्रक ५ वटा, कार, जिव वा सुमो ३ वटा, मोटरसाइकल १० वटा, टेम्पो वा अटो ३ वटा र बाइक ११ गरि ३१ वटा दुर्घटना प्रकार रहेका छन् ।
चालु आव ०७७÷७८ को भदौ महिनामा दुर्घटना ८ वटा संख्या रहेको छ । मृत्यु भने भएका छैैनन् । गम्भिर घाइते हुनेमा पुरुष ६ जना र बालक १ जना गरि ७ रहेका छन् । सवारी दुर्घटनाको प्रकार ट्रक ४ वटा, मोटरसाइकल ३ वटा, टिप्पर १ वटा, कार, जिव वा सुमो १ वटा, ट्याक्टर ३ वटा, टेम्पो वा अटो १ वटा गरि १३ वटा रहेको प्रहरी ट्राफिक कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै चालु आव ०७७÷७८ को असोज महिनामा २३ वटा दुर्घटना भएका छन् । जसमा महिला १ जना, पुरुष ९ जना, बालक २ जना गरि १२ जनाको मृत्य भएको छ । ४२ जना घाइते भएको छ । ट्रक ७ वटा, टिप्पर १ वटा, बस १ वटा, माइक्रो २ वटा, कार जिव वा सुमो ६ वटा, टुयाक्टर २ वटा, अटो २ वटा मोटरसाइकल १५ वटा र अन्य १ वटा सवारी दुर्घटनाको प्रकार रहेको ट्राफिक प्रहरी निरिक्षक पाण्डेले बताए ।
भिमफेदी कुलेखानी सडकमार्गमा सवारी दुर्घटनामा धेरै मोटरसाइकल, सुमो, जिव र कार हुनेगर्दछ । साँघुरो सडक भएकाले सानो सानो गाडीहरु मात्र बढि गुड्ने गरेको पाइएको छ । वर्षायाममा बाढी पहिरोको जोखिम बढ्ने भएकाले सडकको अवस्था नाजुक रहेको उनले भने ।
काम गर्दै प्रदेश सरकार
बागमती प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयले दुई खण्ड गरेर ३२ करोड बजेट छ्ट्उाएर ७ महिना देखि काम सुरु गरिएको छ ।
सडक फराकिलो बनाउने काम फिमफेदी देउराली सम्म उक खण्ड गरेर ८ सय किलोमिटर १७ करोड लागतमा फराकिलो भइरहेको छ भने देउराली देखि कुलेखानी सम्म अगाडी ७.५ किलोमिटर १५ करोड लागतमा बाटोलाई फराकिलो बनाईरहेको बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री रामेश्वर फुयाँलले जानकारी दिए ।
सरकारको अनुसार ४ मिटर मात्रै चौडाईमा सडक अब ५.५ मिटर बनाउने र नाली थप्ने काम अन्तिम चरणमा रहेको छ । २०७७ फागुन सम्म कालो पत्रे गरेर काम सम्पन्न गर्ने गरि काम भईरहेको मन्त्री फयाँलले बताए ।