बागमती प्रदेशमा ३८ हजार ४३९ जनामा कोरोना संक्रमण,२२ हजार ४२५ जना डिस्चार्ज

गुगलपाटी संवाददाता
२१ आश्विन २०७७ ०८:४७

बागमती प्रदेशमा अरु प्रदेशको तुलनामा धेरै कोरोना संक्रमित फेला परेका छन् । यस प्रदेशमा संक्रमितको सख्या अरु प्रदेशको तुलनामा निकै वढेको पनि छ । कुल संक्रमितको ४२ दशमलब ३२ प्रतिशत कोरोना संक्रमित बागमती प्रदेशमा पुष्टि भएका छन् ।

हाल सम्म बागमती प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको सख्या ३८ हजार ४ सय ३९ जना पुगेको छ । संक्रमित मध्यमा २ सय २६ जनाको मृत्यु भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । ।

हिजो बागमती प्रदेशमा हिजो एकै दिनमा एक दिनमा १ हजार १ सय ५६ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

देखापरेका संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।

यस प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्यमा ५८ प्रतिशत निको भएर डिस्चार्ज समेत भएका छन् । प्रदेशमा २२ हजार ४ सय २५ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिनुभयो ।

नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै संक्रमित देखा परेका हुन् ।