हेटौंडामा थप १३ जनामा कोरोना पुष्टि
गुगलपाटी संवाददातामकवानपुर जिल्लामा १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार दिउसो आएको रिपोर्ट अनुसार हेटौंडा उपमहानगरपालिकाका ९ जना र मनहरीको गाउँपालिकाका ४ जना गरी १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले जनाएको छ ।
असोज २२ गते संकलित १३८ जनाको स्वाबमा ६८ जनामा गरिएको परिक्षणमा १३ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमा ३ महिला र १० पुरुष रहेका छन् ।