संसदमा प्रधानमंत्रीको संबोधन : रेल र पानी जहाजको बिषयलाई मजाक नठानौं
गुगलपाटी संवाददाता काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानीजहाजको विषय कुनै मजाक नभएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रमबारे संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै आइतबार उनले भने, ‘नीति तथा कार्यक्रमले तीब्र परिवर्तनको आकांक्षा बोकेको छ। तर पूरा नहुने किसिमको महत्वकाक्षा बोकेको छैन।’
संसदमा बोल्दै गर्दा पानीजहाज र रेलको विषयमा बोल्दै उनले भने, ‘हेर्दाहेर्दै इष्टटिमोरमा समुन्द्रबाट जान्छौं । जलमार्गबाटै ढुवानी गर्छौं ।’ ‘पानी जहाज निदाएका बेला देखेको सपना ब्यूँझिएको बेला भनेको होइन’। पानी जहाजको योजनालाई विपक्षी सांसदहरुले दिवासप्ना भनेको उल्लेख गर्दै उनले भने, ठीकै भन्नुभयो ।
मैले दिउँसै देखेको सपना हो, राति होइन ।’मंगोलियासँग २६५ वटा पानीजहाज रहेको उदारहण दिँदै प्रधानमन्त्री ओलीले पानी जहाज र रेल मजाकमा उडाउने विषय नभएको बताए ।
काठमाडौं वीरगञ्ज रेल ५ वर्षमा बनाउने सहमति भइसकेको भन्दै उनले काठमाडौं केरुङ जोड्ने रेलका लागि पनि सम्भाव्यता अध्ययन भइरहेको बताए । उनले अघि भने, हाम्रो रेलबाट ढुवानी गर्छौं । हामीलाई नपरेको बेला भाडामा पनि लगाउँछौं ।’ काठमाडौंमा मेट्रो रेल चलाउने सहमति महानगरले गरिसकेको भन्दै प्रधानमन्त्री ओलीले सम्भाव्यता अध्ययन सकिए लगतै निर्माण सुरु हुने बताए ।